धनगढीमा परियोजना समिक्षा

असल शासन प्रतिनिधि

धनगढी । बाल संरक्षण र जोखीमपुर्ण सञ्चारकालागि सामुदायिक संलग्नता कार्यक्रम अन्तरगत कर्मचारी तथा स्वयम् सेवकहरुसँग समिक्षात्मक छलफल गरिएको छ ।
युनिसेफ नेपालका बाल संरक्षण अधिकृत कुंगा सन्दुप लामाको उपस्थितीमा बासका पदाधिकारी, बाल क्लब, परियोजना कर्मचारी र स्वयम् सेवकहरु बिच कार्यक्रम समिक्षा तथा आगामी योजनाका बारेमा सोमबार छलफल भएको हो ।
छलफलमा बोल्दै युनिसेफ नेपालका बाल संरक्षण अधिकृत कुंगा सन्दुप लामाले धनगढी उपमहानगरपालिकामा बाल संरक्षणका लागि राम्रो कामहरु भईरहेको बताए । उनले उपमहानगरपालिका भित्र रहेका वाल क्लबलाई सक्रिय बनाउन नगर स्तरीय वाल क्लब सञ्जालको थप सक्रियता आवश्यक हुने बताए । कोभिडको समयमा अप्ठेरोमा परेका महिला तथा बालवालिकाहरुलाई सहयोग गर्ने सन्र्भमा स्वयम् सेवाहरुले खेलेको भूमिका प्रशंसपनिय रहेको उनको भनाई थियो ।


परियोजना सम्पर्क कार्यालय धनगढीमा आयोजना गरिएको छलफलमा परियोजना अन्तरगत भएका क्रियाकलापहरुको बारेमा कार्यक्रम संयोजक हेमराज भट्टले जानकारी गराएका थिए । छलफलमा बोल्दै धनगढी उपमहानगरपालिका नगर स्तरीय बाल सञ्जालकी अध्यक्ष लक्ष्मी जोशीले युनिसेफ र बासद्धारा सञ्चालीत परियोजना अन्तरगत पदाधिकारीहरुलाई प्रदान गरेको तालिमले बाल क्लबका पदाधीकारीहरुको क्षमता अभिबृद्धी भएको बताईन् । उनले बाल क्लब, युवा र उपमहानगरपालिकासँगको संयुक्त अन्तरक्रियाले बाल क्लबका मुद्धाहरुलाई उपमहानगरपालिकाको योजना तर्जुमा प्रक्रियामा समाबेश गर्न सहज हुने विश्वास ब्यक्त गरिन् । उनले बालक्लव बिस्तार र सक्रियतामा सबैको सहयोग आवश्यक रहेको बताइन् ।


त्यस्तै छलफलमा स्वमसेवक हरिकला जैशीले कोभिड १९ को सक्रमण बढीरहेको अवस्थामा सिमानाकामा काम गर्ने अवसर पाएकोमा खुसी ब्यक्त गरिन् । उनले अप्ठेरो परेका महिला तथा वालवालिकाहरुलाई सहयोग गरेको बताउदै परियोवजना अन्तरगत गरेको स्वयम् सेवाले जिवनमा आत्म विश्वास थपेको प्रतिक्रिया दिईन् । शतप्रतिशत जन्मदर्ता अभियान तथा अन्य अभियानहरुमा भएको सहभागिताले स्वयम् सेवामा थप अभिरुचि जागेको बताईन् । स्वयमसेवक केशव बोहराले त्रिनगर सिमानाका भएर भारतबाट फर्किएका बालबालिकाको समस्या पहिचान गरि उनीहरुको उद्धार गरेको अनुभव सुनाए । उनले सिमानाकामा काम गर्दा कोरोना पोजेटिभ भएका १० जना भन्दा बढी बालबालिकाको उद्धारमा समन्वय गरेको बताए ।
समन्वयात्मक छलफलमा युनिसेफ नेपालका कुंगा सन्दुप लामा, बासका केन्द्रीय उपाध्यक्ष लुना बुढाथोकी, प्रदेश संयोजक लक्ष्मी जैसी, हेमराज भट्ट, बास कैलाली शाखा अध्यक्ष पाण्डब पुजारा, तेज बोहरा, गंगा भण्डारी लगायतको सहभागिता रहेको थियो ।

  • १६ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • Nabintech