विद्यार्थीसहित २०१ जनाले लिए स्वास्थ्य लाभ

असल शासन प्रतिनिधि

नेपालगन्ज/विद्यार्थीलाई लक्षित गरी संचालन गरिएको स्वास्थ शिविरमा २०१ जनाले स्वास्थ्य लाभ लिएका छन् । बैजनाथ गाउँपालिकाको समन्वयमा डेक नेपाल बाँकेले आयोजना गरेको शिविरमा उनीहरुले स्वास्थ्य लाभ लिएका हुन् ।

शिविरलाई युएसएड र सिबिएमले सहयोग गरेको थियो । सबैका लागि पढाइ परियोजना र सबैका लागि  समावेशी समुदाय परियोजना अन्तर्गत आँखा, कान र शारीरिक कार्गत सीमितता भएका विद्यार्थीका लागि १ दिने स्वास्थ्य शिविर संचालन गरिएको थियो ।

उक्त शिविरबाट पढाइ परियोजना अन्तर्गत इमिसको उपप्रणाली प्रारम्भिकता पहिचान भएका ३२ जना बालबालिका, कक्षा ४ माथिका ९४ जना बालबालिका र ७५ जना अभिभावक, शिक्षक र विभिन्न संघसंस्थाका व्यक्तिहरुले समेत स्वास्थ्य लाभ लिएका थिए ।

आँखा र कानमा समस्या देखिएका बालबालिकालाई डाक्टको सिफारिसमा सम्बन्धित स्वास्थ्य केन्द्र तथा अस्पतालमा रेफर गरिएको थियो भने शारीरिक समस्या देखिएकालाई फिजियोथेरापी सेवा प्रदान गरिएको थियो ।

शिविरका क्रममा सबैका लागि पढाइ परियोजना अन्तर्गत सिओपी, आइएम, डेक नेपालका कार्यकारी निर्देशक र बैजनाथ गाउँपालिकाका प्रतिनिधिले अनुगमन गरेका थिए । अनुगमनका क्रममा विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुसँग विद्यार्थीलाई दिइनु पर्ने गुणस्तरीय शिक्षा एवम् उनीहरुको स्वास्थ्यका विषयमा छलफलसमेत गरिएको थियो ।

  • १७ फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • Nabintech