शिवरात्री मेलासँगै खेलकुद प्रतियोगिता सुरु

असल शासन प्रतिनिधि

नेपालगन्ज/ राप्ती सोनारी गाउँपालिका वडा नं. २ वेलवासमा मंगलबार देखि महाशिवरात्री मेला एवं विवधि खेलकुद प्रतियोगिता शुरु भएको छ । वनदेवी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सुरु भएको मेलाको सशस्त्र प्रहरी बल ४२ नं. रिजव गण शम्शेरगन्जका एसपी शसी पाण्डेले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका एसपी पाण्डेले मेला महोत्सवहरु केवल मनोरन्जनका लागी मात्र नभएर समाज को विकासका लागी सहयोगी हुनुपर्ने बिचार व्यक्त गरेका थिए ।

त्यसैगरी कार्यक्रममा बोल्दै राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्रीले महाशिवरात्री मेला परम्परागत संस्कृतिको आफ्नै गहिरो नाता रहेको बताइन् । त्यसैगरी वन तथा वातावरण संरक्षण समन्वय समिति अध्यक्ष तुलाराम खत्रीले सामुदायिक वनले धार्मिक पर्वको अवसर पारेर मेला आयोजना गरेकोमा धन्यवाद दिदै खेल प्रतिभाहरुलाई यस्ता मेलाहरुले चिनाउने बताए । तीन दिनसम्म संचालन हुने मेलामा भलिबल, व्याटमिन्टनलगायतका खेल संचालन गरिएको आयोजकले बताएको छ ।

  • १७ फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • Nabintech