मान्छे खाने बाघ नियन्त्रणमा

असल शासन प्रतिनिधि

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकामा मान्छे खाने ठुलो पाटे बाघलाई आज नियन्त्रणमा लिईएको छ ।
राप्तीसोनारी गाउँपालिकाका विभिन्न क्षेत्रमा आतंक मच्चाउदै आएको उक्त बाघलाई आज बेहोस बनाएर नियन्त्रणमा लिएको हो ।


बन डिभिजन कार्यालयले दिएको जानकारी अनुसार राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ बाट राष्टिय प्रकृति कोष बर्दियाबाट खटिई आएको २ जनाको प्राविधिक टोलीले डट गनको माध्यमबाट निण्नत्रणमा लिइएको हो । टोलीले नियन्त्रणमा लिईएको बाघ करिब ८ वर्ष उमेरको भाले बाघ रहेको बताएको छ ।
बहोस गरी पक्राउ गरेको बाघलाई नेपालगन्ज ल्याएर खोरमा राख्ने तयारी भईसकेको बताईएको छ । बाघले पछिल्लो तीन महिनामा ५ जनालाई आक्रमण गरेर खाएको तथा केहीलाई घाइते बनाएको थियो ।

  • १८ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech