राष्ट्रिय निर्वाचन प्रर्यवेक्षण समिति (नियोक) बाँके पुर्नगठन

असल शासन प्रतिनिधि

नेपालगन्ज । राष्ट्रिय निर्वाचन पर्यबेक्षण समिति (नियोक) बाँके शाखाको अध्यक्षमा पुनः नमस्कार शाह चयन भएका छन् ।
नियोक बाँकेको बिहिबार नेपालगन्जमा बसेको भेलाले शाहलाई पुनः अध्यक्षमा चयन गरेको हो । भेलाले १३ सदस्सीय जिल्ला समिति चयन गरेको छ, यसरी गठन भएको समितिको उपाध्यक्षमा सिता बोहरा र देबि दत्त आचार्य, सचिबमा हेमराज भट्ट, सह सचिबमा प्रतिभा गुर्ताल र कोषाध्यक्षमा शंकर शर्मा चयन भएका छन् ।

यसैगरी समितिको सदस्यहरुमा क्रमशः रबिन्द्र कर्ण, प्रभाकर भट्राई, मन भण्डारी, मकबुल अहमद मुकेरी, टिका कुमारी बिक, बन्दना सोनी, र आमना खातुन हलवाई चयन भएका छन् । राष्ट्रिय निर्वाचन प्रर्यवेक्षक समिति (नियोक) बाँकेका अध्यक्ष नमस्कार शाहको अध्यक्षता तथा नियोक लुम्बिनी प्रदेश संयोजक सुरेश गौतमको प्रमुख आतिथ्यतामा भएको भेलाले जिल्ला समिति बाँकेका निर्वतमान उपाध्यक्ष डोल बहादुर भण्डारीको असमाहिक निधनमा शोक ब्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।

  • १९ फाल्गुन २०७८, बिहीबार प्रकाशित

  • Nabintech