न्यु डाँफे र जय किसानलाई सफलता

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँके जिल्ला लिग फुटबलमा न्यु डाँफे र जय किसान स्पोर्टस क्लबले जित हासिल गरेका छन् ।

बिहिबार नेपालगन्ज रंगशालामा भएको पहिलो खेलमा न्यु डाँफेले मोडेल टिमलाई २–१ ले पराजित गरेको छ । न्यु डाँफेका लागि बिमल बस्नेतले ३४औं मिनेटमा र अनिल विकले ४२औं मिनेटमा गोल गरेका थिए । मोडेलका लागि रोशन पुन मगरले ९औं मिनेटमा गोल गरे पनि टोलीलाई जित दिलाउन सकेनन् ।

दोस्रो खेलमा जय किसानले बुद्ध युवा क्लबलाई १–० ले हरायो । जय किसानका लागि दिक्षान गिरीले २१औं मिनेटमा गोल गरेका थिए ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको जिल्ला लिग फुटबलको फागुनको ३० गते सम्म चल्नेछ । लिग फुटबलमा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ११ टिमले प्रतिस्पर्धा गरिरहेका छन । लिगमा सहभागी टिमलाई दुइ समुहमा विभाजन गरिएको छ ।
समुह ‘ए’ मा धम्बोझी, कारकाँदो, ओशोनिक, मिलन युवा, रेसिङ सहारा क्लब रहेका छन । यसैगरी समुह ‘बी’ मा मोडेल टिम, बुद्ध युवा क्लब, जय किसन स्पोर्ट क्लब, न्यु डाँफे स्पोर्टस क्लब, युनाइटेड युथ क्लब र नव दुर्गा युवा क्लब रहेका छन् ।

लिग अन्तर्गत हरेक दिनको पहिलो खेल २ बजे र दोस्रो खेल ३ बजेर ३० मिनेटमा हुने आयोजकले जनाएको छ । लिगको विजेताले बाँके जिल्लाबाट लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने छ ।

लिगको भव्य फाइनलको लागि प्रत्याशा निर्माण हुँदा, सहभागीहरूले घटनाको समयमा उपलब्ध विशेष SlotoGate खेल-थीम्ड गेमहरू सहित, उत्साहको थप तहको प्रतीक्षा गर्न सक्छन्।

 

  • १९ फाल्गुन २०७८, बिहीबार प्रकाशित

  • Nabintech