बिपन्न बालबालिकाहरुलाई शैक्षिक सहयोग

असल शासन प्रतिनिधि

डोटी / डोटीको दिपायल शिलगढी नगरपालिकाका चार जना असहाय तथा बिपन्न बालबालिकालाई सहयोग गरिएको छ ।
आमाबुवा गुमाएका र आर्थिक अवस्था कमजोर भएका कारण पठनपाठनमा समस्यामा रहेका बालबालिकाहरुलाई जनही नगद पाँच हजार सहयोग हस्तान्तरण
गरिएको हो ।


युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालीत बाल संरक्षण कार्यक्रम अन्तरगत भएको सहयोग हस्तान्तरण दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ सिलगाँउका पद्म पब्लीक मुक्तीनारायण माध्यामीक बिद्यालयमा कक्षा ९ मा अध्ययनरत बाजे बज्यैको सहारामा बस्दै आएकी १५ वर्ष की जानकी नेपाली, वडा नम्बर ७ कुन्जेडी घर भएका कक्षा ९ मा अध्ययनरत १३ बर्ष का छत्र कुन्जेडा, वडा नम्बर ६ मुलढोका बस्ने १२ वर्ष का कक्षा १ मा अध्ययनरत पवन बिक र वडा नम्बर ७ रातोली घर भएकी कक्षा ८ मा अध्ययनरत १५ वर्षकी रेचल बिकलाई पठन पाठनमा शैक्षिक सहयोग पुगोस भन्ने उद्धेश्यले सहयोग गरिएको हो ।


सहयोग हस्तान्तरण कार्यक्रममा पद्म पब्लीक मुक्तीनारायण माध्यामीक बिद्यालयका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिद्धराज जोशी, प्रधानाध्यापक केशब राज ओझा, जिल्ला प्रहरी कार्यालय डोटी महिला बालबालिका तथा जेष्ठनागरिक सेवा केन्द्रका प्रहरी सहायक निरिक्षक राम नाथको उपस्थिती रहेको बासका कार्यक्रम अधिकृत गणेश मौनीले बताए । बास नेपालले युनिसेफको सहयोगमा सुदुरपश्चिम र कर्णाली प्रदेशमा बाल संरक्षण र जोखिमपूर्ण सञ्चारका लागि सामुदायिक संलग्नता कार्यक्रम संचालमा गरिरहेको छ ।

  • २२ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech