अति बिपन्न वालवालिकालाई शैक्षिक सहयोग हस्तान्तरण

असल शासन प्रतिनिधि

धनगढी । एक वर्ष देखि बिरामीले थलिएका डोटीको शिखर नगरपालिका वडा नम्बर १० बनलेक निवासी गणेश भुलका दुई बालबालिकालाई सहयोग गरिएको छ ।
बिरामीले थला परेपछि उपचारको क्रममा धनगढीमा रहेका भुलको पारिवारिक अवस्था निकै कमजोर भएका कारण बालबालिकालाई पढाई लेखाइमा समेत समस्या भएपछि बासले युनिसेफ नेपालको सहयोगमा उक्त सहयोग हस्तान्तरण गरेको हो ।
लामो समयदेखि भारतमा रोजगार गरेर घर खर्च र साँझ बिहानको छाक टार्ने गरेका गणेश बिरामी भएपछि उनको परिवारको आयआर्जनको बाटो बन्द भएको हो । एकातिर अस्पतालको खर्चको चिन्ता अर्कोतर्फ छोराछोरीलाई कसरी पढाउने लेखाउने भन्ने चिन्ता ले पिरोलीरहेको अवस्थामा बालवालिकाको पठन पाठनका लागि उनले गुहार गरेका थिए ।


दिपायल देखि झण्डै दुई घण्टा टाढा रहेको उनको सानो घरमा बासका कार्यक्रम अधिकृत गणेश मौनी पुगेर गणेशकी श्रीमती धना भुललाई नगद रु १० हजार सहयोग हस्तान्तरण गरेका थिए । गणेशको परिवारमा ४ छोरी १ छोरा र श्रीमती छन् । उनकी माहिली छोरी १६ वर्षकी सुनिता भुल अहिले स्थानीय बानेडुग्रा माध्यमिक विद्यालयमा कक्षा ८ मा, साइँली छोरी १३ वर्षकी दिपा भुल कक्षा ६ मा, काइँली छोरी १३ वर्ष की जानकी भुल कक्षा १ र कान्छो छोरा ७ वर्षका विनोद भुल कक्षा १ मा अध्ययन गरिरहेका छन् ।
सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारत भुलको उपचार खर्च सुदुरपश्चिम सरकारले बेहोर्ने निर्णय गरेका उनकी श्रीमतीले जनाएकी छिन् ।
यसैगरी आज नै डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर २ का दुई जना बालबालिकालाई सहयोग गरिएको छ ।
स्थानीय घटाल माध्यमिक बिद्यालय नुवाकोट कक्षा ८ मा अध्यनरत १५ बर्षिया छात्रा सिन्धु पल्ले र १५ बर्षिय छात्र बिनोद बिष्टलाई नगद रु. पाँच÷पाँच हजारका दरले सहयोग रकम हस्तान्तरण गरिएको हो ।


वालवालिकाहरुका आफन्त स्थानीय शिक्षकहरुको उपस्थितीमा उनीहरुलाई नगद सहयोग हस्तान्तरण गरिएको बास नेपालका सामुदायिक मनोविमर्शकर्ता सिर्जना ऐडीले बताईन् । १० बर्ष अगाडि बुवा गुमाएका छात्रा पल्लेको आर्थिक अवस्था निकै कमजोर भई पठन पाठन गर्न समेत अप्ठेरो अवस्था छ भने बिनोद बिष्टले समेत सानै उमेरमा आमा बुवा गुमाई हजुरबुवाको संरक्षणमा बसिरहेका छन् ।


यसैगरी दशरथचन्द नगरपालिका वडा नम्बर १ गुरुखोलाका १६ बर्षिया मुकेश प्रशाद बोहरा, वडा नम्बर २ का १३ बर्षिया शमिर भण्डारी र ७ बर्षिय रिसिका बोहरालाई सहयोग गरिएको छ । आर्थिक अवस्गथा निकै कमजोर भएका कारण पठाईमा समस्या भएपछि शैक्षिक सहयोगका रुपमा नगद पाँच हजार सहयोग हस्तान्तरण गरिएको बासका सामाजिक परिचालक निशा भट्टले बताईन् ।

 

  • २३ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • Nabintech