महिला सशक्तीकरणका लागि उत्प्रेरणा

असल शासन प्रतिनिधि

नेपालगञ्ज/११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपालगञ्जमा महिला सशक्तीकरणका लागि उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

महिला माथि हुने सबै प्रकारका हिंसा बिरुद्ध जनचेतना जगाउने र महिला सशक्तीकरणका लागि बिबिध क्रियाकलाप सञ्चालन गर्ने उद्धेश्यले स्थापित दिदि बहिनी समाज, नेपालगञ्जको आयोजनामा सो कार्यक्रम फाल्गुण २४ गते सम्पन्न भएको हो ।

कार्यक्रमकी प्रमुख अतिथी नेपालगञ्ज उपमहानगरपालिकाकी उप–प्रमुख उमा थापा मगरले दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेकि थिईन् भने कार्यक्रममा राष्ट्रिय गान गाउनुका साथै ज्ञात, अज्ञात सहिदहरु श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथी नेपालगञ्ज उपमहानगरपालिकाकी उप–प्रमुख उमा थापा मगरले महिला सशक्तीकरणका लागि महिला, पुरुषको समान सहभागिता हुनुपर्ने बताईन् ।

महिलाहरुको अर्थपूर्ण सहभागिताका साथै नेतृत्व तहमा महिलाको सहभागिता भएमा मात्र महिलाहरुको सशक्तीकरण हुने उनले बताईन् ।

कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाकी सामाजिक बिकास महाशाखाकी प्रमुख तथा महिला बिकास अधिकृत शोभा शाहले महिलाहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन जरुरी रहेको उल्लेख गर्दै महिला हक, हितका लागि बनेका ऐन, कानुनहरु अक्षरशः पालना हुनुपर्ने बताईन् ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहले महिला सशक्तीकरण सबैको साझा बिषय बन्नु पर्ने बताए ।

संस्थाकी सहसचिव मुना बिष्टले सञ्चालन गरेको कार्यक्रममा संस्थाकी उपाध्यक्ष दिला शाहले स्वागत मन्तव्य व्यक्त गरेकि थिईन् भने सचिव लुना बुढाथोकी, जिल्ला युवा क्लब सञ्जाल बाँकेका महासचिव हेमराज भट्ट लगायतले मन्तव्य व्यक्त गरेकि थिईन् ।

कार्यक्रममा तपेन्द्र मलाती, हिरा पाण्डे नुर, शिबा शाह लगायतले बिभिन्न रचनाहरु बाचन गरेका थिए ।

६० बढिको सहभागिता रहेको कार्यक्रमको समापन गर्दै संस्थाकी अध्यक्ष रमा देबि शाहले महिलाहरुको हक, हितका लागि क्रियाशिल रहने उद्धेश्यले दिदि बहिनी समाजको स्थापना गरेको बताईन् । संस्थाले पिछडिएका, पछाडी पारिएका व्यक्तिहरुका लागि बिभिन्न किसिमका कार्यक्रम, अभियानहरु सञ्चालन गर्ने बताईन् । उनले समाजमा संघर्ष गर्दै अघि बढेमा हरेक व्यक्ति सफल हुने बताउँदै आफ्नो संघर्षको कथा समेत सुनाएकि थिईन् ।

महिला दिवस कहिले देखि कसरी मनाउन थालिएको हो ?

क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस आरम्भ गरेकी थिइन् । श्रमबारे उठेको आन्दोलनलाई संयुक्त राष्ट्रसङ्घले वार्षिक कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दिएको हो ।

सन् १९०८ मा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्याली गरेसँगै यसको बिजारोपण भएको थियो । त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो ।

यसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने उपाय क्लारा जेट्किनको थियो । उनले सन् १९१० मा कोपनहेगनमा भएको कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा यो उपाय सुझाएकी थिईन् । त्यहाँ १७ देशका १०० महिला सहभागी थिए र उनीहरू सबैले उनको सुझावमा सहमति जनाएका थिए ।

संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पाएको हो । तत्पश्चात यो दिवस बिश्वभर मनाईन्छ ।

  • २४ फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • Nabintech