भ्रष्टाचार क्यान्सर भन्दा ठुलो रोग हो : कानुन मन्त्री शाही

असल शासन प्रतिनिधि

सुर्खेत । कर्णाली प्रदेश सरकारका कानुन मनत्ती हिम बहादुर शाहीले भ्रष्टाचार क्यान्सरभन्दा पनि ठुलो रोग भएको बताएक छन् ।
सोमबार बागेश्वरी असल शासन क्लव (बास) को कर्णाली प्रदेश कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री शाहीले सो कुरा बताएका हुन् ।
क्यान्स जस्तो प्राणघातक रोग पनि उपचार गर्दा निको हुने र भ्रष्टाचार न्यूनिकरणका लागि जतिसुकै उपचार गर्दा पनि निको हुन नसेको बताए । ‘क्यान्सर जस्तो प्राणघातक रोग पनि समयमा उपचार गर्न सके निको हुन्छ । तर, यो भ्रष्टाचार भने जतिसुकै प्रयास गर्दा पनि निको हुन सकेको छैन,’मन्त्री शाहीले भने, ‘अहिले सरकारी तथा गैरसरकारी स्तरबाट हुने कामहरुमा भ्रष्टाचार बढेको छ । यस विरुद्धको अभियानमा बासले सक्रिय भूमिका खेल्नेछ ।’ मन्त्री शाहीले कर्णालीमा भएको भ्रष्टाचार विरुद्ध हरेक गाउँ–गाउँमा गएर सचेतना जगाउने विस्वास व्यक्त गरे ।
यस्तै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव भरत शर्माले बासको प्रादेशिक कार्यालय कार्यालय कर्णालीमा आउनु भ्रष्टाचार विरुद्धको अभियानमा थप एक इट्टा थपिएको बताए । बासका कार्यकारी निर्देशक नमस्कार शाहले बासको स्थापना र यसको उद्देश्यका विषयमा जानकारी गराउँदै २०५७ देखि हालसम्म बासले भ्रष्टाचार विरुद्ध र सुशासनका विषयमा निरन्तर आवाज उठाउँदै आएके बताए ।
त्यसैगरी बास कर्णाली प्रदेशका संयोजक रमेश नेपालीले कर्णाली प्रदेशमा भ्रष्टाचार विरुद्धका विभिन्न कार्यक्रमहरु गरी जवाफदेहिता, पार्दशितामा बासले अग्रणी भुमिका खेल्ने बताए । कार्यक्रममा बासका निवर्तमान अध्यक्ष मन भण्डारी, महासचिव शिब कुमार वर्मा लगायतको उपस्थिति रहेको थियो ।

  • २५ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech