बर्दियाको मधुबनमा बास

असल शासन प्रतिनिधि

बर्दिया / बर्दियाको मधुवन नगरपालिकामा बासको उपशाखा बिस्तार भएको छ ।
मधुवनमा बुधबार भएको युवाहरुको भेलाले राम बहादुर परियारको अध्यक्षतामा उपशाखा गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा अन्जलि थापा, सचिब तुलसीराम बस्नेत, सहसचिब सीता पून बुढामगर र कोषाध्यक्षमा राम कुमार चौधरी चयन भएका छन् । यसैगरी समितिको सदस्यहरुमा क्रमशः प्रकाश बि.क., निम बहादुर भण्डारी, ललिता बुढा र ईश्वर वलीलाई चयन गरिएको छ ।


बासका कार्यकारी निर्देशक नमस्कार शाह र बासका केन्द्रीय सचिब खुमेश सुवेदीको उपस्थितीमा भएको उपशाखा गठन कार्यक्रममा संस्थाको पृष्ठभूमि तथा संस्थागत अभियानका बारेमा कार्यकारी निर्देशक शाहले जानकारी गराएका थिए ।
नब गठित उपशाखा अध्यक्ष राम बहादुरले पालिकामा हुने अनियमितता तथा ढिलासुस्तिका बिरुद्ध आवाज प्रवाह गर्ने बताए । उनले सबै युवाहरुलाई सुशासनको अभियानमा एक जुट गराउने समेत प्रतिबद्धता गरेका छन् ।

  • २५ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech