टिकटकमा समृद्धी प्रथम

असल शासन प्रतिनिधि

नेपालगञ्ज/साप्ताहिक रुपमा सञ्चालित ईन्सपाईरिङ युथ कार्यक्रमको २४३ औँ श्रृङ्खलामा टिकटक प्रतियोगिता फाल्गुण २२ गते सम्पन्न भएको छ ।

सामाजिक सन्देश प्रबाह गर्ने उद्धेश्यले आयोजित टिकटक प्रतियोगितामा १३ जना सहभागि रहेका थिए ।

असल शासन मिडियाका प्रबन्धक निर्देशक किरण कार्कीको संयोजकत्वमा रहेको मुल्याँकन समितिले प्रतियोगितामा सहभागिहरुको टिकटक मुल्याँकन गरेको थियो ।

मुल्याँकन समितिमा बास नेपालका कार्यक्रम अधिकृत रविन्द्र बोहरा र जनसम्पर्क अधिकृत मुना विष्टले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

टिक टक प्रतियोगितामा बर्दियाकी समृद्धी शर्माले जम्मा अंक ३०० मा २६४ अंक प्राप्त गरेर प्रथम स्थान हाँसिल गरेकि थिईन् भने २०२ अंक प्राप्त गरेर काठमाण्डौंकी जस्मिन शाहले दोश्रो स्थान र २०० अंक प्राप्त गरेर तुल्सी महत्तरा तेस्रो भएकि थिईन् ।

प्रतियोगितामा सहभागि बिभिन्न व्यक्तिहरुका टिकटक कार्यक्रममा प्रश्तुत गरिएको थियो । ३५ जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन अशोकले रावल गरेका थिए ।

  • २७ फाल्गुन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech