ठेला व्यापारबाट बड्डा सन्तुष्ट

दिपा चौधरी

नेपालगञ्ज/ नेपालगञ्ज उप–महानगरपालिका वडा नम्वर १० गोसाईगाउंमा बस्दै आएका बड्डा शाहु ठेला ब्यापारी हुन् । ठेला ब्यापारबाट उनले जिबिकोपार्जन गरीरहेका छन् । उनको घरमा ६ जनाको परिवार छ । जसमध्ये दुई छोरी, दुई छोरा, श्रीमती र आफु छन् ।

ठेला ब्यापारी साहु अहिले ५३ बर्षका भए । उनी नेपालगञ्ज १० भृकुटीनगरमा बिगत २३ बर्ष देखी ठेला ब्यापार गर्दै आएका छन् । उनको परिवारको मूख्य आयस्रोतनै ठेला ब्यापार हो । मौसम अनुसार उनी जाडो मौसममा बदाम र गर्मी मौसममा मकै बेचेर आफ्नो जिबिकोपार्जन गर्छन् भने उनका छोरा ठेलामा पानी पुरी बेच्छन् । कम पुंजीमा सञ्चालन भएको उनको व्यापारबाट सोचे जस्तो आम्दानी हुने भएकोले बड्डा शाहु र उनका परिवार खसी छन् ।

ठेला ब्यापार गर्दा उनले थुप्रै किसिमका समस्या भोगेको उनले बताए । कसैले उधारो समान लगेर पैंसा नदिने त कसैले पैंसाको मामलामा कचकच गर्ने गरेको अनुभव उनको छ । पहिला बाटोमा ठेला लगाउँदा समेत समस्या हुने भएता पनि अहिले उप–महानगरपालिकाले ब्यबस्थित तरिकाले ठेला ब्यापार गर्न पाउने भनी अनुमती दिएकोले ठेला ब्यापार गर्न सहज भएको उनको भनाई छ ।

ठेला ब्यापारी शाहु भन्छन् –उब्जनी गर्नलाई आफनो जमिन छैन त्यसैले बदाम र मकै हिरमिनियाबाट खरिद गरी ल्याउँछु अनी ठेलामा बेच्छु ।

यसरी ठेलाको व्यापार गर्दा उनलाई एक हजार देखी १५ सय सम्म दैनिक आम्दानी हुने गरेकोमा खर्च कट्टा गरि ५ सय सम्मको बचत हुने गर्दछ ।

उनले आफना छोरा छोरीलाई यही ठेला ब्यापार बाटनै सामान्य लेख्न, पढ्न सक्ने बनाएका छन् ।

– प्रशिक्षार्थी पत्रकार

 

  • २७ फाल्गुन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech