७५ जनाद्वारा रक्तदान

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ रक्तदान जीवनदान भन्ने नाराका साथ बृहत् रक्तदान कार्यक्रम नेपालगञ्जको पुरैनीमा सम्पन्न भएको छ ।

बास नेपाल र नेपाल रेडक्रस सोसाइटी पुरैनीको आयोजनामा सो बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल बांके, सभ्य समाज नेपाल, मध्यपश्चिम बहुमुखी क्याम्पस, जिल्ला युवा क्लब सञ्जाल बाँकेको सहकार्य रहेको थियो भने नेपालगन्ज उपमहानगरपालिका १९ र २२ नम्बर वडा कार्यालय, साना किसान सहकारी संस्था लिमिटेड पुरैनीको सहयोग रहेको थियो ।

रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुमा बास नेपालका निबर्तमान अध्यक्ष मन भण्डारी, केन्द्रीय सदस्य खेम बिष्ट, बासकी सक्रिय सदस्य शान्ति शाह, श्रुती चौधरी, दिनेश भण्डारी, अशोक रावल लगायत रहेका छन् ।

गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाह, नेपालगन्ज उपमहानगरपालिका १९ का अध्यक्ष परशराम कुर्मी र २२ नम्बर वडाका वडाध्यक्ष बिद्याराम बर्माले नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलाई रक्तदानका लागि रक्त संकलन थैली दिई शुरुवात गरिएको कार्यक्रममा अतिथीहरुलाई आयोजकका तर्फबाट शर्मिला थापा र तपेन्द्र मलातीले खादा ओढाएर स्वागत गरेका थिए ।

उद्घाटन कार्यक्रममा दिदी बहिनी समाज बाँकेकी अध्यक्ष रमादेबि शाह, बासका निर्देशक हेमराज भट्ट, बाँके शाखा अध्यक्ष रबिन्द्र बोहरा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको समापन नेपाल रेडक्रस सोसाईटी पुरैनीका अध्यक्ष फन बहादुर गुरुंगले गरेका थिए ।

कार्यक्रम सञ्चालन बास नेपालका महासचिव शिव कुमार बर्माले गरेका थिए ।

 

  • २८ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • Nabintech