कोहलपुर नगरपालिकामा परिक्षण

असल शासन प्रतिनिधि

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकाको लैंगिक समानता तथा सामाजिक समाबेशिकरण परिक्षण सम्पन्न भएको छ ।
प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशको सहयोग, कोहलपुर नगरपालिकाको आयोजना तथा असल शासन मिडियाको सहजिकरणमा उक्त परिक्षण सम्पन्न भएको हो ।
नगरपालिकाको सभाहलमा भएको परिक्षणमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण नतिजा उपर छलफल तथा अनुमोदन कार्यक्रममा परिक्षणको नतिजा तथा कार्ययोजना अनुमोदन गरिएको थियो । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले परिक्षणले औल्याएका बिषयलाई आगामी दिनमा सम्बोधन गर्ने बताए । उनले यस्ता परिक्षण नगरपालिकाको प्रगति मापनका आधार हुने भन्दै आगमी दिनमा लैंगिक समानता तथा सामाजिक समाबेशिकरकणमा ध्यान दिने प्रतिबद्धता गरे ।


कार्यक्रममा बासका निर्देशक हेमराज भट्टले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणको अन्तिम नतिजा प्रस्तुतीकरण गरेका थिए । परिक्षण अन्तरण सहभागिहरु बिचको छलफल पश्चात कार्ययोजना तयार गरि अनुमोदन गरिएको थियो ।
असल शासन मिडियाका कल्पना अधिकारीले सहजिकरण गरेको परिक्षणका कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत, उप प्रमुख सन्जु कुमारी थारु, प्रुमख प्रशासकिय अधिकृत टिकाराम ढकाल, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

  • १ चैत्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech