घरदैलोमा गएर १०९ जनालाई कोभिड बिरुद्धको खोप

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ किङ्गरपुरूवाका १०९ जनालाई कोरोना बिरुद्धको खोप लगाईएको छ ।


वडाको नजिक रहेपछि विभिन्न कारणले कोभिड बिरुद्धको खोप लगाउन छुटेका उक्त समुदायका ब्यक्तिहरुलाई आज समुदायमा नै गएर खोप लगाईएको हो । युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालीन जोखिमपूर्ण सञ्चार तथा सामुदायिक संलग्नता कार्यक्रम अन्तरगत नेपालगन्ज उपमहानगरपालिका, वडा कार्यालय, नगरपालिका स्वास्थ्य शाखा, स्वास्थ्य चौकी वडा नम्बर २२ को सहकार्यमा घरदैलोमा नै गई खोप लगाईएको हो ।


यस अघि बासका स्वयम् सेवकहरुले समुदायमा घर दैलो गरी खोप नलगाएका ब्यक्तिहरुको तथ्यांक संकलन गरेका थिए । संकलित तथ्यांकहरु मध्ये पहिलो दिन १०९ जनालाई खोप लगाईएको हो । किङ्गरपुरूवा गाउँमै पुगेर स्वास्थ्य चौकी ईन्चार्ज सरोज कुमार मिश्र, अहेब माया राम बुढाथोकी र अनमि आशा नेपालीले खोप लगाएका थिए । खोप लगाउनेहरुमा स्थानीय महिलाहरु बढी रहेको परियोजनाका सामाजिक परिचालक शोभा थापा मगरले बताईन् ।

  • ७ चैत्र २०७८, सोमबार प्रकाशित

  • Nabintech