बास नेपालको लमजुङ शाखा पुर्नगठन

असल शासन प्रतिनिधि

लमजुङ/ बास नेपालको लमजुङ शाखा पुर्नगठन भएको छ ।

वरिष्ठ पत्रकार नवराज पहाडीको बिशेष उपस्थितीमा भएको भेलाले चैत्र ८ गते शाखा पुर्नगठन गरेको हो ।

शाखाको अध्यक्षमा खुशीमाया गुरुङ चयन भएकि छन् । गुरुङ स्वतन्त्र पत्रकार संघ नेपालको जिल्ला अध्यक्ष हुनुका साथै ‘हाम्रो घर’ नामक संस्थाको समेत अध्यक्ष रहेकि छन् । शाखाको उपाध्यक्षमा काजीराम बस्नेत, सचिवमा वासुदेव सेढाई, कोषाध्यक्षमा शर्मिला अधिकारी चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा चन्द्रबहादुर मिश्र, प्रमोद अधिकारी, रामजीप्रसाद बसौला, शिवकुमारी अधिकारी र झरना पराजुली चयन भएका छन् । सदस्यको दुई पद पछि पूर्ति गरिने शाखाले जनाएको छ ।

शाखाको सल्लाहकारमा नवराज पहाडी, रमाराज खनिया, कृष्णराज ओलिया, तेजनारायण अधिकारी, कृष्ण केसी, विश्वविनोद घिमिरे र खेमजंग गुरुङ रहेको उक्त समितिका नवनिर्वाचित सचिव सचिव वासुदेव सेढाईले बताए ।

सो अवसरमा बरिष्ठ पत्रकार पहाडी, सामाजिक अभियन्ता कृष्णराज ओलिया, शिक्षासेवी रमाराज खनिया, प्राकृतिक चिकित्सा अभियन्ता तेजनारायण अधिकारीले शुभकामना दिएका थिए ।

 

  • ८ चैत्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech