बास नेपालको लुम्विनी प्रदेश कार्यालय उद्घाटन

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बास नेपालको लुम्विनी प्रदेश कार्यालय उद्घाटन गरिएको छ ।

भृकुटीनगरमा स्थापना गरिएको प्रदेश कार्यालय आज उद्घाटन गरिएको हो । ७ वटै प्रदेशमा प्रदेश कार्यालय स्थापना गर्ने क्रममा लुम्विनी प्रदेश कार्यालय स्थापना गरिएको हो ।

प्रदेश कार्यालयको उद्घाटन बास नेपालका केन्द्रीय अध्यक्ष रमेश सिटौला र लुम्वनी प्रदेश संयोजक राधिका गिरीले संयुक्त रुपमा रिवन काटेर गरेका छन् ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा बास नेपालका केन्द्रीय अध्यक्ष रमेश सिटौला र लुम्वनी प्रदेश संयोजक राधिका गिरीले बोलेका थिए भने कार्यक्रममा बासका निबर्तमान अध्यक्ष मन भण्डारी, महासचिव शिब कुमार बर्मा, उपाध्यक्ष लुना बुढाथोकी लगायतको उपस्थिती रहेको थियो ।

  • ९ चैत्र २०७८, बुधबार प्रकाशित

  • Nabintech