बासको पूर्ब पदाधिकारी तथा सक्रिय सदस्य भेला सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बास नेपालका पूर्ब पदाधिकारी तथा सक्रिय सदस्यहरुको भेला सम्पन्न भएको छ ।

बास नेपालको आसन्न ९ औं महाधिबेशनको सन्दर्भमा बास नेपालले सो भेला सम्पन्न गरेको हो ।

बास नेपालका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भएको भेलामा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले बास नेपालको बिगत देखि बर्तमान सम्मको अवस्था बारे जानकारी गराउनुका साथै आसन्न महाधिबेशनका बारेमा जानकारी गराएका थिए ।

केन्द्रीय उपाध्यक्ष लुना बुढाथोकीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव शिब कुमार बर्माले गरेका थिए ।

कार्यक्रममा पूर्ब केन्द्रीय अध्यक्ष सिता बोहरा, पूर्ब मध्यपश्चिमाञ्चल उपाध्यक्ष कल्पना अधिकारी, पूर्ब पश्चिमाञ्चल उपाध्यक्ष ईश्वर जि.सि., पूर्ब केन्द्रीय सहसचिव बिबेक पराजुली, पूर्ब उपाध्यक्ष माधब कार्की, पूर्ब केन्द्रीय सदस्यहरु ध्रुवजंग शाह, दल बहादुर सुनार, मणिराम बटाला, युवराज जंग शाह, सक्रिय सदस्य कमल बि.के. निर्माेही लगायतले बोलेका थिए । कार्यक्रममा ५० बढिको सहभागिता रहेको थियो ।

  • ९ चैत्र २०७८, बुधबार प्रकाशित

  • Nabintech