कार्यक्रमको प्रभाव सकारात्मक

असल शासन प्रतिनिधि

धनगढी । युनिसेफ नेपालको सहयोगमा बासद्धारा सञ्चालीत कार्यक्रमको अनुगमन गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा सञ्चालीत बाल संरक्षण कार्यक्रमको प्रभावका बिषयमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा बासले कार्यक्रम अन्तरगत धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा दुई विपन्न परिवारले पाएको सहयोगका बिषयमा घर मै पुगेर लक्षित परिवारसँग भेटघाट गरिएको थियो । अनुगमनको क्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा स्थानिय जनप्रतिनिधी, कर्मचारी, बाल क्लब, निगरानि समुह लगाएतका सरोकारवालासंग छलफल गरिएको थियो ।


धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा सहयोग हस्तानतरण गरेका दुई परिवारमा पुगेर परिवारको अवस्था र सहयोगले पारिवारिक समस्या समाधानका बिषयमा जानकारी लिइएको थियो ।
अनुगमनमा युरोपियन युनियनका प्रतिनिधी, युनिसेफका ईना, बाल संरक्षण अधिकृत मनामी, राम प्रसाद गौतम, कुगां सन्दुप लामा, बास नेपालका हेमराज भट्टको उपस्थिती रहेको थियो । सो क्रममा जन प्रतिनिधि, कर्मचारी, बाल क्लब÷युवा क्लबका पदाधिकारी तथा लक्षित समुहको सहभागिता रहेको थियो । अनुगमन तथा छलफलबाट कार्यक्रमको प्रभाव सकारात्मक भएको सहभागिहरुले बताएका थिए ।

  • ९ चैत्र २०७८, बुधबार प्रकाशित

  • Nabintech