२४० जनालाई कोभिड बिरुद्धको खोेप

असल शासन प्रतिनिधि

नेपालगन्ज । खोज र खोप अभियान अन्तरगत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ किङ्गरपुरूवाका २४० स्थानीयलाई कोरोना बिरुद्धको खोप लगाईएको छ ।
किङ्गरपुरूवा गाउँमा नेपालगन्ज उमपहानगरपालिका स्वास्थ्य शाखाको समन्वयमा वडा स्वास्थ्य चौकीले स्थानीयहरुलाई कोभिड बिरुद्धको खोप लगाएको हो ।

चैत्र ९ गते भएको खोप केम्प मार्फत मोडोनाको पहिलो डोज १४ जना पुरुष र ३६ जना महिला, कोभिसिल्डको पहिलो डोज १५ जना पुरुष र १९ जना महिला र कोभिसिल्डको दोश्रो डोज ५७ जना पुरुष र ९९ जना महिला गरी २४० जनाले लगाएको बासका सामाजिक परिचालक शोभा थापा मगरले बताईन् । नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडामा कोभिड बिरुद्धको खोप लगाउन छुटेका नागरिकहरुको खोजी गर्दै बास स्वयम् सेवकहरुले खोप अभियानलाई अगाडी बढाईरहेको उनको भनाई थियो ।


खोप अभियानमा स्वास्थ्य चौकी ईन्चार्ज सरोज कुमार मिश्र, अहेब माया राम बुढाथोकी र अनमि आशा नेपाली बासका सामाजिक परिचालक शोभा थापा मगर, स्वय् सेवकहरु बिष्णु न्यौपाने, सरिन श्रेष्ठ र सतिश मिश्रा लगायतको सहभागिता रहको थियो । बासले युनिसेफ नेपालको सहयोगमा जोखिमपूर्ण सञ्चारका लागि समुदायिक संलग्नता कार्यक्रम अन्तरगत खोप अभियान सञ्चालन गर्दै आएको छ ।

 

  • ९ चैत्र २०७८, बुधबार प्रकाशित

  • Nabintech