लैङ्गिक हिंसा बिरुद्ध सेवाको गुणस्तर सुनिश्चितता बिषयक तिन दिने तालिम शुरु

असल शासन प्रतिनिधि

धनगढी / लैङ्गिक हिंसा विरुद्ध सेवाको गुणस्तर सुनिश्चितता र सुरक्षित संप्रेषण प्रणाली संबन्धी तिन दिने तालिम शुरु भएको छ ।
सुदुरपश्चिम प्रदेशको राजधानि धनगढीमा आज देखि तालिम शुरु भएको हो । बास नेपाल र ओरेक नेपालका कर्मचारीहरुको सहभागिता रहेको तालिममा लैंगिक हिंसा न्यूनीकरण, बाल संरक्षण, जोखिममा रहेका महिला तथा वालवालिकाहरुको तथ्यांक संकलन, बिष्लेषण, केश फाईल तयार लगायतका बिषयमा तालिम केन्द्रीत रहने बताईएको छ ।


तालिमको आज पहिलो दिन लिंग र लैंगिकता, बाल संरक्षण र लैंगिक हिंसा न्यूनीकरणका विभिन्न बिषयमा युनिसेफ नेपालका बाल संरक्षण अधिकृत कुंगा सन्दुप लामा र प्रशिक्षक प्रभा पौडेलले सहजिकरण गरेका थिए । तालिमको उद्घाटनमा बासको पृष्ठभूमि, सञ्चालन गरिरहेका कामहरु र सुदुरपश्चिममा बाल संरक्षण र लैंगिक हिंसा न्युनिकरण अन्तरगत भएका क्रियाकलापहरुको बारेमा परियोजना संयोजक हेमराज भट्ट र ओरेकको बारेमा जानकारी संस्थाका कैलाली जिल्ला संयोजक बिनु चौधरीले प्रस्तुत गरेका थिए । युनिसेफ नेपालको सहयोग तथा ओरेक नेपालको आयोजनामा भएको तालिममा बास नेपाल र ओरेकका गरी २१ जनाको सहभागिता रहेको छ ।

  • १४ चैत्र २०७८, सोमबार प्रकाशित

  • Nabintech