बास नेपाललाई समाजसेबी बर्माद्वारा जग्गा दान

दानबिर बर्माको सहयोग प्रति आभार व्यक्त

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बास नेपालको केन्द्रीय कार्यालय भवन निर्माणका लागि दानविर, समाजसेवी माधबराम बर्माले जग्गा दान गरेका छन् ।

बास नेपालको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा दानबिर बर्माले नेपालगञ्ज वडानम्वर १८ भुजईगाउँमा रहेको १६४१ बर्गफिट जग्गा बास नेपाललाई हस्तान्तरण गरेका हुन् ।

बर्माले दान पत्र बास नेपालका केन्द्रीय अध्यक्ष रमेश सिटौला, सल्लाहकारद्वय पूर्णलाल चुके र लोक बहादुर शाहलाई हस्तान्तरण गरेका हुन् ।

बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ समाजसेवी, दानबिर, जग्गा दाता बर्माले भ्रष्टाचार बिरुद्ध क्रियाशिल अग्रणि संस्था बासको संस्थागत बिकासका लागि जग्गा सहयोग गरेको बताए । उनले भने–सम्पत्तिले कसैलाई पुग्दैन, भएको सम्पत्ति सामाजिक कार्यमा समर्पित गर्दाको आनन्द बेग्लै हुन्छ, सोही आनन्दभुती र सामाजिक सेवाका लागि जग्गा दान गर्दै आएको छुँ ।

उनले यस अघि धेरै संघ, संस्थाहरुलाई जग्गा दान गरिसकेका छन् । कार्यक्रममा बोल्दै बासका सल्लाहकार बरिष्ठ पत्रकार पूर्णलाल चुकेले दानविरको रुपमा चर्चित समाजसेवी माधब राम बर्मा धनसँगै मनको धनि भएको बताए । उनले भने –धन हुनेसँग मन हुँदैन, मन हुनेसँग धन, तर बर्मासँगै मन पनि छ, धन पनि छ । त्यसैले वहाँ समाजका लागि प्रेरक व्यक्तित्व हुुनुहुन्छ । सहयोगका लागि उनले बर्मालाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा बोल्दै कानुनी सल्लाहकार लोक बहादुर शाहले आफ्नो सम्पत्ति सामाजिक काममा दान गर्नु उदाहरणिय कार्य भएको उल्लेख गर्दै सहयोगी, जग्गा दाता बर्मा प्रति आभार व्यक्त गरे । बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा बासका महासचिव तथा जग्गा दानका पहल कर्ता शिब कुमार बर्माले आफ्नो अनुरोधमा जग्गा दान गर्ने दानविर बर्मा र बर्माका भाई युवराज बर्मा प्रति आभार व्यक्त गरे ।

कार्यक्रमको समापन गर्दै बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले बर्मालाई धन्यवाद दिदै जग्गा दाताको रुपमा बासले सदैब सम्मान गर्नुका साथै बासका हरेक कार्यक्रममा उच्च स्थान दिने बताए ।

कार्यक्रममा बासका निबर्तमान अध्यक्ष मन भण्डारी, उपाध्यक्ष लुना बुढाथोकी, कार्यबाहक कोषाध्यक्ष दिला शाह लगायतको सहभागिता रहेको थियो ।

 

  • १६ चैत्र २०७८, बुधबार प्रकाशित

  • Nabintech