अछामको नाडामा स्वास्थ्य शिविर, दुई सय पचास बढिले लिए स्वास्थ्य सेवा

असल शासन प्रतिनिधि

अछाम/अछामको तुर्माखाँद गाउँपालिका वडानम्वर ५ नाडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बागेश्वरी धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र बिकास समिति, नाडा अछामको आयोजनामा पहिलो पटक निःशुल्क स्वास्थ्य शिविर चैत्र १३ गते सम्पन्न भएको हो ।

तुर्माखाँद गाउँपालिकाको सहयोग, बास नेपाल, ब्रिनोज कान स्याहार केन्द्र, नेपालगञ्ज, रोटरी क्लब अफ सेन्ट्रल नेपालगञ्ज, नेपालगञ्ज मेडिकल कलेज, हरपल होलेस्टिक होम केयर प्रा.लि., नेपालगञ्जको समन्वयमा सम्पन्न उक्त शिविरबाट २५० बढिले स्वास्थ्य सेवा लिएका थिए ।

स्वास्थ्य शिविरको उद्घाटन गर्दै तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले दुर्गम जिल्ला अछामको बिकट तुर्माखाँद गाउँपालिका अन्तरगत रहेको नाडामा स्वास्थ्य शिविर गर्नु महत्वपूर्ण कार्य भएको बताए । उनले स्वास्थ्य शिविरबाट आम नागरिकहरुले प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गर्ने भएकाले शिविरहरु नियमित गर्न आवश्यक रहेको बताए ।

गाउँघरमा बिभिन्न रोगबाट पीडित भएका व्यक्तिहरु आर्थिक अभावका कारण सुगम स्थानहरुमा रहेका अस्पतालहरु जान नसिकरहेको परिस्थितीमा दुरदराजमा रहेका गाउँहरुमा शिविर गर्नु सर्बाेत्तम समाजसेवा भएको उनले बताए ।

संस्थाका सचिव शम्शेर शाहीले कार्यक्रम सञ्चालन गरेको कार्यक्रममा शिविरको उद्धेश्य बारे बासका कार्यकारी निर्देशक नमस्कार शाहले मन्तव्य व्यक्त गरेका थिए भने वडाध्यक्ष तुलाराम जैशीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

शिबिर उद्घाटनमा गाउँपालिका उपाध्यक्ष अमृता बुढा, साविकको नाडा गाविसका पूर्ब अध्यक्ष राम बहादुर शाही, पूर्ब उपप्रधान पञ्च पद्मे भुल, नेकपा एमालेकी तुर्माखाँद गाउँपालिका कमिटि अध्यक्ष गौमती शाही, नेपाली काँग्रेस तुर्माखाँद गाउँपालिका समितिका सचिव प्रताप शाही, नेकपा एमाले वडानम्वर ५ का वडा समिति अध्यक्ष राज कुमार शाही, राप्रपाका जिल्ला प्रबक्ता दिपक शाही, अन्तराल नेपालगञ्जका प्रमुख कार्यकारी जयनारायण शाह, श्री कालिकेश्वरी मा.बि. नाडा अछामका पूर्ब प्रधानाध्यापक कुल बहादुर शाह, नाडा स्वास्थ्य चौकीका प्रमुख योगेन्द्र शाही, बागेश्वरी धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र बिकास समितिका उपाध्यक्ष छिता शाही लगायतको उपस्थिती रहेको थियो ।

स्थानीय परम्परागत बाजाद्वारा चिकित्सकको टोलीलाई स्वागत गरिएको कार्यक्रममा बागेश्वरी धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र बिकास समितिका अध्यक्ष लोकेन्द्र बहादुर शाह लगायतका पदाधिकारी, सदस्य लगायतले अतिथीहरुलाई खादा, माला लगाएर स्वागत गरेका थिए ।

उद्घाटन शर्तको समापन गर्दै बागेश्वरी धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र बिकास समितिका अध्यक्ष लोकेन्द्र बहादुर शाहले बिभिन्न धार्मिक, सामाजिक कार्यहरु गर्दै आएको संस्थाले नियमित रुपमा बिभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने क्रममा नाडामा पहिलो पटक शिबिर गरेको बताए । शिबिरबाट स्थानीयहरुले सेवा लिने बिश्वास व्यक्त गर्दै अध्यक्ष शाहले निरन्त सामाजिक कार्यहरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालगञ्ज मेडिकल कलेजका चिकित्सकद्वय नवीन खड्का र रुपक के.सि., नर्सिङ अधिकृत सुमन गिरि र नर्सिङ रन्जना चन्द ठकुरीले जनरल मेडिसिन र गाईनो सम्वन्धि स्वास्थ्य सेवा प्रदान गरेका थिए । बालबालिका देखि ७५ बर्ष सम्मका जेष्ठ नागरिकहरुले शिविरबाट औषधि सहित स्वास्थ्य सेवा लिएका थिए । जनरल मेडिसिन र गाईनो सम्वन्धि स्वास्थ्य सेवा १५० बढिले लिएका थिए ।

यसैगरी ब्रिनोज कान स्याहार केन्द्रका स्वास्थ्यकर्मीहरुले कान सम्वन्धि स्वास्थ्य सेवा प्रदान गरेका थिए । उक्त सेवा १०९ जनाले लिएका थिए । केही बिरामीहरुलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । शिबिरबाट सेवा लिएका बिरामीहरुको थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज र ब्रिनोज कान स्याहार केन्द्रले बिशेष छुट दिने भएको छ ।

 

  • १६ चैत्र २०७८, बुधबार प्रकाशित

  • Nabintech