भ्रष्टाचार बिरुद्ध पाँचौं राष्ट्रिय युवा सम्मेलनको तयारी पुरा

असल शासन प्रतिनिधि

नेपालगन्ज / बास नेपालको ९ औं महाधिबेशन तथा भ्रष्टाचार बिरुद्ध पाँचौं राष्ट्रिय युवा सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।
बाँकेको नेपालगन्जमा चैत्र १८ गते हुन लागेको भ्रष्टाचार बिरुद्ध पाँचौं राष्ट्रिय युवा सम्मेलनको ब्यवस्थापनको सम्पूर्ण प्रक्रिया पुरा भएको आयोजक बासले जनाएको छ ।
युवा सम्मेलनका लागि राष्टिय सुचना आयोगका पूर्ब प्रमुख सुचना आयुक्त कृष्णहरी बाँस्कोटा, भ्रष्टाचार बिरुद्धका अभियन्ता केदार खड्का, एकाउण्टबिलिटि ल्यावका नेपाल प्रमुख नारायण अधिकारी लगायत अतिथीको उपस्थिती सुनिश्चित भएको छ ।
नेपालगन्ज स्थित भेरी प्राविधिक शिक्षालयको हलमा हुने सम्मेलनमा देशभरीबाट झण्डै ५० बढी जिल्लाका युवाहरुको सहभागिता रहने बताईएको छ । सम्मेलनमा देशमा भ्रष्टाचारको अवस्था र भ्रष्टाचार न्युनिकरणमा युवाहरुको भूमिका लगायतका बिषयमा बृहत छलफल हुने बताईएको छ ।
यसैगरी सम्मेलन पश्चात बासको ९औं महाधिबेशन शुरु हुने बासले जनाएको छ । प्रत्येक ३ बर्षमा हुने महाधिबेशनले बासको आगामी तिन बर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ । भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बासले देशका ७७ ओटै जिल्लामा शाखा बिस्तार गरी काम गरिरहेको छ । युवाको क्षेत्रमा काम गर्ने र युवाहरुद्धारा अगुवाई गरिएको बासको हाल ७७ जिल्ला शाखा २० उपशाखा, एक सय बढी ईकाई मार्फत ५ हजार बढी सदस्यहरु रहेका छन् ।

  • १६ चैत्र २०७८, बुधबार प्रकाशित

  • Nabintech