बास नेपालको अध्यक्षमा बुढाथोकी

असल शासन प्रतिनिधि

नेपालगन्ज / भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालको केन्द्रीय अध्यक्षमा लुना बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् ।
बास नेपालको चैत्र १८ र १९ गते नेपालगन्जमा सम्पन्न ९औं महाधिबेशनले बुढाथोकीको नेतृत्वमा १९ सदस्सिय तिन बर्षे कार्य समिति निर्विरोध चयन गरेको हो । केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा शिव कुमार वर्मा, महासचिवमा खुमेश सुवेदी, सचिवमा दिला शाह र कोषाध्यक्षमा कल्पना अधिकारी निर्वाचित भएका छन् । समिति अन्तरगत प्रदेश नं. १ को संयोजकमा सुमन पनेरु, मधेष प्रदेश ईश्वर बि.क., बाग्मती प्रदेश ईश्वर दाहाल, गण्डकी प्रदेश प्रकाश परियार, लुम्बीनी प्रदेश खेम बिष्ट, कर्णाली प्रदेश धिरेन्द्र कुमार शाही र सुदुरपश्चिम प्रदेश पाण्डब पुजारा तथा सदस्यहरु क्रमशः सुरेन्द्र शाही, युवराजजंग शाह, मनमोहन बर्मा, दिक्षा बोहरा, मेघा रेउले, तपेन्द्र बहादुर मलाती र जुमान सिंह केसी चयन भएका छन् ।


देशभरीका शाखाहरुबाट ३५० बढी प्रतिनिधिहरुको सहभागिता रहेको महाधिबेशनले सर्वसम्मत रुपमा केन्द्रीय कार्यसमिति चयन गरेको हो ।
यसैगरी नब निर्वाचित कार्यसमितिलाई चैत्र १९ गते नै सपथ ग्रहण गरिएको छ । पदाधिकारीहरुलाई मुख्य निर्वाचन अधिकृत रुद्र प्रसाद तिमिल्सिनाले सपथ गराएका थिए । सपथ ग्रहण कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले नव निर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै ऐतिहासीक महाधिबेशन सफल पार्न भूमिका निर्वाह गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेका थिए । बासको ९औं महाधिबेशनमा निर्वाचन समितिको जिम्मेवारी मुख्य निर्वाचन अधिकृत तिमिल्सिना, निर्वाचन अधिकृत हेमराज भट्ट र पूर्ण प्रसाद ढकालले निर्वाह गरेका थिए ।

  • २० चैत्र २०७८, आईतवार प्रकाशित

  • Nabintech