बिरेन्द्रनगरका दुई स्थानमा रुपान्तरण

असल शासन प्रतिनिधि

सुर्खेत । कर्णालीको सुर्खेतमा किशोरीहरुका लागि रुपान्तरण कक्षा सञ्चालन गरिएको छ ।
युनिसेफ नेपालको सहयोग, बिरेन्द्रनगर नगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ र ११ मा उक्त कक्षा उद्घाटन गरिएको हो ।


बासद्धारा सञ्चालीत बाल संरक्षण कार्यक्रम अन्तरगत किशोरीहरुका लागि सामाजिक तथा आर्थिक शिप विकासका लागि २१ दिने रुपान्तरण कक्षा सञ्चालन गरिएको हो । चैत्र २२ गते भएको कक्षाको उद्घाटन सत्रमा बोल्दै वडा न ११ का वडा अध्यक्ष नेत्र प्रशाद चालिसेले रुपान्तरण कक्षाले बिद्यालय बाहिर रहेका वालवालिकाहरुलाई बिद्यालय जान उत्प्रेरित गर्ने बिश्वास ब्यक्त गरे । बिद्यालय बाहिर रहेका तथा जोखिममा रहेका किशोरीहरुको सहभागिता रहेको कक्षाले सहभागिहरुको क्षमता अभिबृद्धी गर्ने उनको भनाई थियो । उनले नगरपालिकाको सहकार्यमा सञ्चालन गरेको कक्षाको सफलताको शुभकामना ब्यक्त गरे ।

यसैगरी कार्यक्रममा बोल्दै वडा नं ३ का वडा सदस्य रमिला सेरपालिले किशोरीहरुको समग्र क्षमता अभिबृद्धीका लागि कक्षा सहयोगी बन्ने बताए । उनले नियमित रुपमा कक्षाको अवलोकन गर्ने प्रतिबद्धता गरे । उद्घाटन कार्यक्रममा बोल्दै बास कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाहीले रुपान्तरण कक्षा बिद्यालय बाहिर रहेका, वाल विवाहको जोखिममा रहेका र विभिन्न कारणले पढ्न नसकेका किशोरीहरुको पढाईलाई निरन्तरता दिन सञ्चालन गरिएको बताए । उनले २१ दिने कक्षा सम्पन्न गरि बिद्यालय बाहिर रहेका सबै बालवालिकाहरुलाई बिद्यालय नियमित गर्न बासको पहल रहने बताए ।
बासका कार्यक्रम अधिकृत धिरेन्द्र भामले सहजिकरण गरेको उद्घाटन कक्षामा दुई ओटा समुहमा गरी ५० जना किशोरीहरुको सहभागिता रहेको छ । कार्यक्रम अन्तरगत बिरेन्द्र नगरनगरपालिकाका थप २ स्थानमा चाडै रुपान्तरण कक्षा सञ्चालन गर्ने तयारी भईरहेको छ ।

  • २३ चैत्र २०७८, बुधबार प्रकाशित

  • Nabintech