अछामको कमल बजारमा अन्तरक्रिया

असल शासन प्रतिनिधि

अछाम / स्थानीय योजना तर्जुमा प्रक्रियामा बालबालिका र युवाको सहभागिताका बिषयमा अन्तरक्रिया गरिएको छ ।
युनिसेफ नेपालको सहयोग, कमलबजार नगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा उक्त अन्तरक्रिया भएको हो ।
कमलबजार नगरपालिकाका प्रमुख ओम प्रकाश बिष्टको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रियामा बालवालिका र युवाहरुको योजना तर्जुमा प्रक्रियामा सहभागिताका बिषयमा छलफल भएको थियो । खुल्ला छलफल पछि उठेका सवालहरुका बिषयमा बोल्दै प्रमुख बिष्टले बालबालिकाको आवश्यकताको आधारमा बजेट बिनियोजन गरि योजना तयार गर्ने प्रतिबद्धता गरे । बालबालिकाका समस्या पहिचान गरि समाधान गर्ने तर्फ नगरपालिकाको ध्यान केन्द्रीत रहेको उनको भनाई थियो । कार्यक्रममा बोल्दै उपप्रमुख भुमिशरण ढकाल बजगाईले बालवालिकाको अर्थ पूर्ण सहभागिता सुनिश्चित गर्न लागि परेको बताए । उनले वालवालिकाहरुको समग्र विकासका लागि योजना तयार गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता गरिन् । अन्तरक्रियामा कमलबजार नगरपालिका वडा नं १ का वडा अध्यक्ष तेज बहादुर बिष्ट , २ का रण बहादुर खड्का ,३ का जगत बहादुर बिष्ट , ४ का ललित ढोली , ५ का नन्द राज चलाउने, वडा नं ७ का गोबिन्द बहादुर भण्डारी , ८ का नैन बहादुर बिष्ट, ९ का दुर्गा प्रसाद बजगाई र १० का वडा अध्यक्ष भिम बहादुर बिष्टको सहभागीता रहेको थियो । अन्तरक्रियाको क्रममा सबै वडा अध्यक्षहरुले आगामी दिनमा बालवालिका र युवाहरुको सहभागिता वडाका हरेक क्रियाकलापमा सुनिश्चित गर्ने प्रतिबद्धता गरेका थिए ।


यसैगरी अन्तरक्रियामा बोल्दै कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्टले कमलबजार नगरपालिकाले बालबालिका र युवाका लागि भईरहेका कामहरु र आगामी योजनाका बारेमा जानकारी गराएका थिए। अन्तरक्रियामा नगर प्रमुख, उपप्रमुख, निमित्त प्रमुख प्रशासकिय अधिृकत, शाखा प्रमुखहरु, बाल क्लब तथा युवा क्लबका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियोे ।


अन्तरक्रियाको अन्त्यमा ४ वटा बुदें प्रतिबद्धता जारी गरेको छ । यसरी गरिएका प्रतिबद्धताहरुमा स्थानीय योजना तर्जमामा बालबालिकाको अर्थपूर्ण सहभागीता सुनिश्चित गर्ने, स्थानीय आवश्यकताका आधारमा बालबालिका लक्षित बजेट छुट्याउने, असहाय टुहुरा बालबालिका लाई संरक्षणको दायरामा ल्याउन आवश्यक योजना तयार गर्ने रहेका छन् । खानेपानी तथा सरसफाइ शाखा फोकल पर्सन पवित्रा भण्डारीले स्वागत तथा उद्धेश्यमाथि प्रकाश पारेको कार्यक्रमको सहजिकरण बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए । अन्तरक्रियामा ३५ जनाको सहभागिता रहेको थियो ।

  • २४ चैत्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech