व्यवहारिक ज्ञान आर्जन गर्न किशोरीहरु रुपान्तरण कक्षामा

असल शासन प्रतिनिधि

धनगढी / धनगढी उपमहानगरपालिका–७ देवरीया राना गाउ“की रन्जना रानाको १५ बर्षकै उमेरमा बिवाह भयो । भरखर ९ कक्षामा अध्ययनरत रन्जनाको स्नातकसम्म अध्ययन गर्ने धोको थियो । बिवाहपछि जेनतेन गरेर गाउ“कै शिव माध्यामिक विद्यालयमा १० कक्षासम्म अध्ययन गरेकी उनको स्नातक पढ्ने सपना अधुरै रह्यो ।
आर्थिक अभावका कारण पढाउन नसकिने भन्दै घर परिवारले विवाह गर्दिएपछि रन्जना श्रीमानको घरव्यवहार सम्हाल्दै आएकी छन् । उनि आफ्नो पढ्ने सपना अधुरै रहेकामा चिन्तीत छिन् ।
यस्तै धनगढी–७ राना गाउ“कै रोसनी राना १५ बर्षकी भइन् । शिव माध्यामिक विद्यालयबाटै ७ कक्षासम्म अध्ययन गरेकी उनले आर्थिक अभावकै कारण विद्यालय छोड्नु परेको छ । घर परिवारले माथिल्लो कक्षासम्म पढाउन् नसकिने भनेपछि उनले विद्यालय छोडेको सुनाउछिन् ।रोसनी अहिले गाउ“मा अन्य मानिसहरुसंगै दैनिक ज्यालादारीमा मजदुरी गर्न जान्छीन् । संगैका साथिहरु विद्यालय गएको देख्दा आफुलाई स्कुल जान नपाएकोमा दुख्ख लाग्ने गरेको उनले सुनाइन् ।
रोसनि जस्तै गाउकै १७ बर्षीया राम दुलारी रानाले पनि ९ कक्षाबाटै पढाई छोडीन् । उनले पढाई अधुरै छोड्नुको कारणपनि पारिवारीक आर्थिक अवस्था कमजोर हुनु हो । उनिपनि अहिले विद्यालय छोरेर दैनिक ज्यालादारीमा मजदुरी गर्न जाने गरेको सुनाउछिन् । उनिहरु जस्तै राना चौधरी समुदायका धेरै किशोरीहरुले आर्थिक अभावकै कारण बिचमै पढाई छोड्नु परेको छ । धनगढी उपमहानगरपालिका–७ का देवरीया, रानागाउ“, गौडी, मनेहराका विद्यालय छोडेका अधिकाशं किशोरीहरुको समस्या उस्ताउस्तै छ ।


यसरी विद्यालय शिक्षा बाट वञ्चित भएका किशोरीहरूका लागि युनिसेफको सहयोगमा बास नेपालले धनगढी उपमहानगरपालिकामा रुपान्तरण कक्षा सञ्चालन गरेको छ । बिहीबारदेखी चार समुहमा गरी जम्मा १०० जना किशोरीहरुलाई सहभागी गराउने उद्देश्यका साथ रुपान्तरण कक्षा सुरु गरेको हो । रुपान्तरण कक्षाले शिक्षा बाट वञ्चित भएका किशोरीहरूका साथै पढाई बीचैमा छोडेका किशोरीहरूलाई समयमै प्रेरणा दिई उचित शिक्षा दिई उनीहरूकको भविष्य तथा जीवन उज्ज्वल बन्न मदत पुग्ने छ ।
कक्षाको उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष सिताराम रानाले आफ्नो वडामा सञ्चालन भएको उक्त कार्यक्रम प्रसंसनिय भएको बताए । उनले भने–‘म मेरो वडाका हरेक किशोरीहरुले उचित शिक्षा पाउनुपर्ने पक्षमा छु, किशोरी शिक्षाले बालविवाहलाई न्यूनीकरण, यौन तथा प्रजनन स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनीय परिवर्तन गर्न सक्छ । तसर्थ, किशोरी शिक्षा उचित भएमा केहीहद् सम्म समस्याबाट महिलालाई छुटकारा दिलाउन सकिन्छ ।’ धनगढी बजार बाहिरका गाउ“हरुमा किशोरीहरुले विद्यालय छोड्ने क्रम बढेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
यस्तै शिव माध्यामिक विद्यालयका प्रध्यानध्यापक नन्दलाल रानाले राना चौधरी समुदायमा देखासीकी र विभिन्न अभावका कारण बाल्यकालमै विवाह गरिदिने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरे । उनले आफ्नो विद्यालय १० कक्षासम्म मात्रै भएको र माथिल्लो शिक्षाको लागि अर्को विद्यालय गएर पढ्न नसक्ने अवस्थाको कारण किशोरीहरुले विद्यालय छोड्ने क्रम बढेको बताए ।
यस्तै शिक्षिका गिता सोडारीले बाल बिवाह बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिन् । उनले आपूmलाई चिन्ने, साथी सङ्गीमाझ रमाउने, संसार बुझने, तथा व्यक्तित्व विकास गर्ने समयभन्दा पनि अगावै बाल्यकालमै विवाह गरिदिएको खण्डमा पछि गएर विभिन्न किसिमका दुष्परिणामहरू आउन सक्ने हुनाले सो को बारेमा सजग तथा सावधानी गराउनु पर्ने बताइन् । उनले रुपान्तरण कक्षाले विद्यालय नगएका किशोरीहरूलाई विद्यालयमा भर्ना भएर नियमित रूपमा पढ्ने वातावरण सिर्जना गर्ने बताइन् ।
प्रत्यक्ष रूपमा शिक्षा दिन नसकेपनि जीवनोपयोगी सीप र व्यवहारिक ज्ञान प्रदान गरी जीवनको बाटो पहिल्याउन सिकाउने उद्देश्यका साथ किशोरीहरूका लागि रुपान्तरण कक्षा आयोजना गरिएको बास नेपालका सुदुरपश्चिम प्रदेश संयोजक पाण्डव पुजाराले बताए । रुपान्तरण कक्षा उद्घाटन कार्यक्रयमा बोल्दै संयोजक पुजाराले बासले सुदूरपश्चिममा बाल संरक्षण कार्यक्रम मार्फत उक्त कक्षाहरु सञ्चालन भइरहेको बताए ।

 

  • २४ चैत्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech