केन्द्रीय अध्यक्ष धनजुजुसँग भेटघाट

असल शासन प्रतिनिधि

नेपालगन्ज / बास केन्द्रीय कार्यालयमा नेपाल अपांग सँघ खगेन्द्र नवजिवन केन्द्रका केन्द्रीय अध्यक्ष धनजुजु श्रेष्ठसँग भेटघाट तथा छलफल गरिएको छ ।
सुदुरपश्चिम प्रदेशमा कार्यक्रम सकेर फर्किने क्रममा नेपालगन्ज आईपुगेका अध्यक्ष श्रेष्ठसँग बासको अभियान र नेपाल अपांग सँघ खगेन्द्र नवजिवन केन्द्रले गरिरहेका कामहरुका बिषयमा छलफल भएको थियो । भेटघाटको क्रममा बोल्दै अध्यक्ष श्रेष्ठले बासले गरिरहेका क्रियाकलाप तथा अभियानहरु निकै प्रभावकारि रहेको भन्दै नेपाल अपांग सँघ खगेन्द्र नवजिवन केन्द्र र बासले सँगसँगै कसरी अभियानहरुमा साझेदारी गर्न सकिन्छ सो बारेमा आवश्यक योजना तयार गर्ने उनले बताए । बासको अभियान देश ब्यापी रहेको र युवाहरु आबद्ध रहेकाले अपांगताका सवालमा आवश्यक पैरवी गरिदिन उनले अपिल गरे ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल अपांग सँघ खगेन्द्र नवजिवन केन्द्रका केन्द्रीय उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाले बासले नेपाल अपांग सँघ खगेन्द्र नवजिवन केन्द्र बाँके शाखालाई महतवपूर्ण सहयोग गर्दै आएको बताए । उनले आगामी दिनमा समेत शाखाले गर्ने क्रियाकलापहरुमा बासको सहकार्य रहने बिश्वास ब्यक्त गरे । कार्यक्रममा नेपाल अपांग सँघ खगेन्द्र नवजिवन केन्द्र बाँके शाखाका कोषाध्यक्ष रण प्रसाद राणाले बोलेका थिए ।


बासका कार्यकारी निर्देशक नमस्कार शाहले बासले देश ब्यापी रुपमा गरिरहेका अभियान तथा क्रियाकलापहरुको बारेमा जानकारी गराएका थिए । उनले अपांगता अधिकारमा बासले विगत देखिनै सँगसँगै काम गरिरहेको बताएका थिए । भेटघाटको क्रममा बासका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

  • २५ चैत्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech