नेपाल घरेलु तथा साना उधोग महासंघद्वारा भित्रे पत्रिका सार्वजनिक

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपाल घरेलु तथा साना उधोग महासंघ नेपालगन्ज उपमहानगरपालिका समितिले भित्ते पत्रिका प्रकाशनसँगै आउँदै गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान गर्दै एक भब्य समारोह बिच उक्त भित्ते पत्रिका विमोचन गरेको छ । केन्द्रीय महिला समितिका उपाध्यक्ष कृष्ण पाठकको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमको सभाध्यक्ष नगर समितिका अध्यक्ष दिला कुमारी शाहले गरेकी थिइन् । उक्त कार्यक्रममा केन्द्रीय सदस्य जीवनाथ सापकोटा, प्रदेश महिला उधमी समितिका उपाध्यक्ष सर्मिला खत्री, प्रदेश महासचिव जयश्वर पौडेल (सुमन) को उपस्थित रहेको थियो ।

बाँके जिल्लाको प्रतिनिधित्व गर्दै जिल्ला कार्य समितिका सदस्य विकासहरि कोइराला उपस्थित रहेको थियो । यसैगरी घरेलु कोहलपुर नगरपालिकाबाट कोषाध्यक्ष ज्युले प्रतिनिधित्व रहेको थियो । उधोगवाणिज्य संघका महासचिव चिरञ्जीवी वली, नेपालगन्ज १८ नंका वडा सदस्य दिग्विजय ढुङ्गाना, गैरसरकारी संस्था महासंघका अध्यक्ष नमस्कार शाह, बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, निबर्तमान अध्यक्ष रमेश सिटौला, लगायत विभिन्न पेसा व्यवसाय भित्रका अन्य प्रतिष्ठित ब्यक्तित्वहरुको उपस्थित रहेको थियो । छोटो समयमा नै नेपालगन्ज उपमहानगरपालिका समितिले अत्यन्तै स्रहानीय काम गरेको भन्दै विभिन्न अतिथिले नगर समितिका सम्पूर्ण कार्य समितिलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए ।

भित्ते पात्रो छपाइमा विज्ञान तथा शुभकामना दिएर सहयोग गर्ने सम्पूर्णलाई दोसल्ला ओढाएर सँगसँगै सम्मान पत्र दिएर कदर गरिएको थियो । भित्ते पात्रो प्रकाशनका संयोजकत्व फणाधर भन्डारीले गरेका थिए । निजी क्षेत्रको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको र आफ्नो पदीय जिम्मेवारीलाई एकदमै लगन र जिम्मेवारीका साथ सम्हालेर अगाडि बढ्नुपर्छ भन्दै । हामी यसरी नै हिँडिरहेका छौ भन्दै आफूहरुलाई सहयोग गर्ने र कार्यक्रममा उपस्थित हुने सम्पूर्णलाई धन्यवाद दिदै संस्थाका अध्यक्ष दिला शाहले सबै प्रति आभार प्रकट गरेकी थिइन् । आफ्नो यात्रामा साथ दिन सबै सबैलाई स्वागत उक्त संस्थाका उपाध्यक्ष विष्णु खनालले गरेका थिए भने कार्यक्रमको संचालन संस्थाका महासचिव भोजराज तिमल्सिनाले गरेका थिए । नेपाल घरेलु तथा साना उधोग महासंघ नेपालगन्ज उपमहानगरपालिका समितिको उक्त भित्ते पात्रोको प्रिन्ट तथा छपाई क्यापिटल प्रेसले गरेको थियो ।

  • २८ चैत्र २०७८, सोमबार प्रकाशित

  • Nabintech