बास कैलालीमा चिरन्जीवी

असल शासन प्रतिनिधि

धनगढी / बागेश्वरी असल शासन क्लब (बास) कैलाली शाखा पूर्नगठन भएको छ ।
कैलालीको धनगढीमा भएको युवाहरुको भेलाले चिरञ्जीवी छेडालको अध्यक्षतामा चैत्र ३० गते १३ सदस्सिय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा यसोदा बराल, सचिवमा दिपेन्द्र खड्का, सहसचिवमा केशव बोहरा र कोषाध्यक्षमा जगत जैगडी सर्वसम्मत चयन भएका छन् । यसैगरी समितिको सदस्यहरुमा क्रमशः हरिकला जोशी, प्रिया बराल, विमल घर्ति, सरिता बोहरा, सन्तोष जोशी, दिपिका जोशी, दिपेन्द्र बुढा, सुनिल बडु, तेज बोहरा चयन भएका छन् । आज नै बसेको शाखाको बैठकले बास कैलाली शाखाको सल्लाहकारहरुमा प्रेम ढुगाना, ठाकुर करिया प्रधान र पाण्डव पुजारा लाई मनोनित गर्ने निर्णय गरेको छ ।

  • ३० चैत्र २०७८, बुधबार प्रकाशित

  • Nabintech