नरैनापुरमा जैविक चौतारी

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँकेको नरैनापुरमा जैविक चौतारी कार्यक्रम भएको छ ।
डिभिजन वन कार्यालय बाँके र बास नेपालको संयुक्त अयोजनामा मंगलबार जैविक चौतारी कार्यक्रम गरिएको हो । कार्यक्रममा वन संरक्षणको सवाल, चुनौती, र अवसरको विषयमा सरोकारवाला विच छलफल भएको थियो ।
छलफलको क्रममा बोल्दै स्थानीय बन उपभोक्ता समितिका अध्यक्ष शालिग्राम यादवले नरैनापुरमा डढेलो, वन अतिक्रमण, चरीचराउ लगायतका समस्याहरु रहेको बताए । त्यस्तै स्थानीय साबिर अलिले सामुदायिक वनको संरक्षणका लागि सबै लाग्नुपर्ने बताए ।
छलफलको क्रममा उठेका प्रश्नहरुको तवाफ नरैनापुर सव डिभिजन वन कार्यालयका प्राविधिक सुवास डि.सी. ले स्थानीयहरुको सचेतानाको कमिले धैरै समस्याहरु उत्पन्न भएको बताए । समुदाय स्तरमा वन संरक्षणका विषयमा सचेतना जगाउन र कानुनी विषयमा समेत सचेत गराउँदै वृक्षारोपण कार्यक्रममा आफुहरु हातेमालो गर्दै अगाडी जान तयार रहेको बताए। सो क्रममा सामुदायिक वन उपभोक्ता महासंघ नरैनापुरका अध्यक्ष गुरुदयाल मिश्रले उभपभोत्तक्ताहरुलाई सचेत गराई सशक्त बनाउँदै लैजानु पर्नेमा जोड दिए । कार्यक्रममा नरैनापुर गाउँपालिका वडा नं। ३ का अध्यक्ष राजकुमार मौर्य लगायतले बोलेका थिए ।


कार्यक्रममा सामुदायिक वनमा देखिएका मुख्या समस्याहरु बन डढेलो, अतिक्रमण, चरिचराउ लगाएतका समस्याहरु समाधान गर्न पालिकाले आवश्यक बजेट विनियोजन गरि सचेतनामूलक कार्यक्रम संचालन गर्ने, नरैनापुर गाउँपालिका भित्र रहेका १७ वटा सामुदायिक वनमा खुल्ला चरिचराको समस्या समाधान गर्न घेराबार तथा तारबारको कार्य अगाडी बढाउने, सामुदायिक बनमा गठन भएका उपभोक्ता समितिलाई सक्रिय बनाउन सामुदायिक वनबाट सचेतनामूलक कार्यक्रम संचालन गर्ने, सामुदायिक वन उपभोक्ता समिति, स्थानिय सरकार, स्थानीय वासी जिम्मेवार भई आ–आफ्नो जिम्मेवारी पूरा गर्ने, बन डढेलो र चरीचराउबाट नष्ट भएको वनलाई पुनः पहिलाको अवस्थामा नै ल्याउन सव डिभिजन वनको सहकार्यमा वृक्षारोपण कार्यक्रम संचालन गर्ने सहितका ५ बुँद्धे प्रतिवद्धताहरु जाहेर भएका छन् ।
छलफलमा बोल्दै नरैनापुर गाउँपालिकाका कार्यवाहक अध्यक्ष मशुद अहमद शाहले सामुदायिक वन उपभोक्ता समिति मार्फत वन संरक्षणका सन्दर्भमा कुनै पनि कार्यक्रम र बजेट माग भई आएमा त्यस्को व्यवस्थापनमा आफुहरु कन्जुसाई नगर्ने र गाउँपालिकाले समेत समितिको काम कार्वाहिलाई अनुगमन गर्ने प्रणालीको विकास गर्दै लैजाने बताए । एकीकृत भु–परिधि व्यावस्थापन परियोजनाका फिल्ड कार्यक्रम सहायक लक्ष्मी चौधरीले परियोजनाको गतिविधिको बारेमा जानकारी गराएकी थिईन। ४० जना सहभागि रहेको कार्यक्रममा सहजिकरण बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।

  • ६ बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech