चौधरी र कौर केन्द्रीय सदस्यमा मनोनित

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बास नेपालको केन्द्रीय सचिवालय समितिको बैठक सम्पन्न भएको छ ।

महत्वपूर्ण निर्णयहरु गर्दै सचिवालय बैठक सम्पन्न भएको हो ।

केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकले रिक्त दुई केन्द्रीय सदस्य मनोनित गरेको छ ।
बैठकले बास बारबर्दिया उपशाखा अध्यक्ष जोशिना चौधरी र बास रुपन्देही शाखाकी कोषाध्यक्ष सिम्रत कौरलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेको छ ।

१९ सदस्सिय समिति महाधिबेशनबाट निर्वाचित भएका थिए भने दुई सदस्य पदेन रहने व्यवस्था छ । जसमा निबर्तमान केन्द्रीय अध्यक्ष र कार्यकारी निर्देशक पदेन सदस्य रहन्छन् । दुई केन्द्रीय सदस्य कार्य समितिले मनोनित गर्ने व्यवस्था रहेको छ ।

यसैगरी बैठकले सल्लाहकारहरु मनोनित गरेको छ । बैठकले राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, भ्रष्टाचार बिरुद्धका अभियन्ता केदार खडका, बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिना, बरिष्ठ पत्रकार पूर्णलाल चुके, साहित्यकार शिक्षाप्रेमी किरण आचार्यलाई सल्लाहकारको रुपमा मनोनित गरेको छ ।

बैठकले अधिबक्ता लोक बहादुर शाहलाई कानुनी सल्लाहकारको रुपममा मनोनित गरेको छ । बैठकले संस्थाका कार्यक्रम अधिकृत रबिन्द्र बोहरालाई सहायक सूचना अधिकारीको रुपमा नियुक्त गर्ने निर्णय गरेको छ ।

अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

  • ७ बैशाख २०७९, बुधबार प्रकाशित

  • Nabintech