फेडोद्वारा केन्द्रीय अध्यक्ष र सदस्यलाई स्वागत

असल शासन प्रतिनिधि

नेपालगन्ज/ दलित महिला संघ (फेडो) ले छैटौँ राष्ट्रिय महाधिवेशनबाट नव निर्वाचित दलित गैरसरकारी महासंघका केन्द्रीय अध्यक्ष र केन्द्रीय सदस्यलाई स्वागत गरेको छ । वैशाख ६ गते नव निर्वाचित दलित गैरसरकारी महासंघका केन्द्रीय अध्यक्ष जस बहादुर विश्वकर्मा र केन्द्रीय सदस्य ईश्वरी विश्वकर्मालाई दलित फेडोको कार्यालयमा स्वागत गरेको हो ।

कार्याक्रममा निर्वाचित दलित गैरसरकारी महासंघका केन्द्रीय अध्यक्ष विश्वकर्माले दलित क्षेत्रमा पहिलेको भन्दा केही फरक ढंगबाट अगाडि बढ्ने र जातीय रूपमा पीडित विशेष गरी महिलाको क्षेत्रमा अझै ध्यानाकर्षण भई काम गर्ने विवरण खुलाउँदै फेडोको निर्माण रहित कार्यालयलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धताका साथ सबैलाई नयाँ वर्षको शुभकामनासहित धन्यवाद व्यक्त गरेका थिए । फेडोका अध्यक्ष निर्मला सुनारले संचालन गर्नु भएको सो कार्यक्रममा विभिन्न व्यक्तिहरुले आ–आफ्ना तर्कहरु राखेका थिए ।

  • ८ बैशाख २०७९, बिहीबार प्रकाशित

  • Nabintech