कालिकोटको खाडाचक्रमा क्षमता अभिवृद्धि तालिम

असल शासन प्रतिनिधि

कालिकोट / बाल क्लब र युवा क्लवका पदाधिकारीहरुका लागि बाल संरक्षण, लैंगिक हिंसा न्यूनीकरण र स्थानीय योजना तर्जुमा विषयक ३ दिने क्षमता अभिवृद्धि तालिम खाडाचक्र नगरपालिका कालिकोटमा शुरु भएको छ ।


युनिसेफ नेपालको सहयोग, खाडाचक्र नगरपालिकाको सहकार्य र बास नेपालको आयोजनामा उक्त तालिम आज देखि शुरु भएको हो । तालिमको उद्घाटन सत्रमा बोल्दै खाडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र प्रसाद श्रेष्ठले तालिमबाट सहभागिहरुको क्षमता अभिबृद्धी गर्ने विश्वास ब्यक्त गरे । उनले नगरपालिकाले बाल क्लबहरुको क्षमता अििभबृद्धी लगायतमा काम गरिरहेको बताउदै वाल क्लबलाई ब्यवस्थापन गर्न तालिमबाट सिकेको कुरालाई ब्यवहारमा लागु गर्न सहभागिहरुलाई अपिल गरे । तालिमको उद्घाटनमा प्रमुख प्रशासकिय अधिकृत सँगै सामाजिक विकास शाखा प्रमुख मोहन महरा, कृषी शाखा प्रमुख प्रशुराम काफ्ले, युनिसेफ नेपालका खाडाचक्र श्रोत व्यक्ति गणेश बहादर रावल बास कालिकोट शाखाका अध्यक्ष कपुरे बि.क.लगायतको उपस्थिती रहेको थियो ।


तालिमको उद्घाटन सत्रको सहजीकरण बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए । तालिमको पहिलो दिन बाल संरक्षणका विभिन्न बिषयमा सहजकर्ता मन भण्डारीले गरेका थिए । तालिममा बालक्लब र युवा क्लबका गरी ३० जनाको सहभागिता रहेको छ ।

  • १३ बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech