नेताज्यु नागरिकको आवाज सुन्नुहोस् !

असल शासन प्रतिनिधि

नेपालगन्ज / बास नेपालको आयोजनामा बिपि चौकमा नेताज्यु नागरिकको आवाज सुन्नुहोस् कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार बनेका बिभिन्न राजनीतिक दलका नेताहरुलाई नागरिक प्रति जवाफदेही बनाउने उद्धेश्यले कार्यक्रम बैशाख १३ गते आयोजना गरिएको हो ।
कार्यक्रममा सरकारमा रहेका दलहरुको गठबन्धनका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख पदका उम्मेद्वार नेपाली काङ्ग्रेसका प्रसान्त बिष्ट, उप–प्रमुख पदका उम्मेद्वार जसपाका कमरुद्दिन राई, राप्रपाका तर्फबाट प्रमुखका उम्मेद्वार नन्दलाल बैश्य, उपप्रमुख पदकी उम्मेद्वार बिन्दु चर्ती मगर, राप्रपा नेपालका तर्फबाट प्रमुख पदका उम्मेद्वार अभय बस्नेत, नेकपा समाजबादीका समशुद्दिन सिद्दिकी, राष्ट्रबादी पार्टीका तर्फबाट प्रमुख पदका उम्मेद्वार भुवन श्रेष्ठ लगायलाई नागरिकका तर्फबाट सुझाव पत्र प्रदान गरिएको थियो ।
बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, निबर्तमान केन्द्रीय अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह लगायतले सुझाव पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा सहभागि नेताहरुले नागरिकको खवरदारीलाई आत्मसाथ गर्ने बताएका थिए ।

कार्यक्रममा सहभागि नागरिक समाजका प्रतिनिधिहरुले बिभिन्न मागहरु प्लेकार्ड मार्फत प्रर्दशन गरेका थिए । कार्यक्रमका सहभागिहरुले नेपालगञ्ज उपमहानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउनु पर्ने, नर्वाचनमा गलत आश्वासन दिन नहुने, निर्वाचन ताकाको खर्च सार्वजनिक गर्नुपर्ने, निर्वाचन आचारसंहिता पालना गर्नु पर्ने, निर्वाचन पछि जनताका आवाज सुन्नुपर्ने, सहरमा २४ घण्टा शान्ति, सुरक्षाको व्यवस्था हुनुपर्ने, नेपालगञ्जलाई ध्वनी प्रदुषण, बाताबरण प्रदुषण रहित सहर बनाउनुपर्ने, नेपालगञ्ज सहर भरको अतिक्रमण हटाउनु पर्ने, जेष्ठ नागरिक, अपाँगता भएका व्यक्तिहरुको हकहितका लागि काम गर्नुपर्ने, नपालगञ्ज उपमहानगरपालिकालाई सूचनामैत्री बनाउनु पर्ने लगायतका आवाजहरु नेताहरु समक्ष राखेका थिए ।

  • १३ बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech