जानकीमा नागरिकको आवाज उम्मेदबारको कान सम्म

असल शासन प्रतिनिधि

नेपालगन्ज / स्थानिय तहका उम्मेदवारहरुलाई नागरिक प्रति जवाफदेहि बनाउने उद्धेश्यले नेता ज्यु नागरिकको आवाज सुन्नुहोस कार्यक्रम बाँकेको जानकी गाउँपालिकामा गरिएको छ ।


जानकी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदबारहरुसँग उक्त कार्यक्रम आज गरिएको हो । विभिन्न सन्देस मुलक नाराहरु सहित कार्यक्रममा उपस्थित बासका पदाधिकारी तथा कर्मचारीहरुले कार्यक्रममा उपस्थित अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारहरुलाई नागरिक समाजको तर्फबाट सुझाव पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाली काग्रेसमा तर्फबाट अध्यक्षका उम्मेदबार छब्बन खाँ, उपाध्यक्षका उम्मेदबार राम प्यारी यादब, एमालेका तर्फबाट अध्यक्षका उम्मेदबार हिमान्शु यादब र उपाध्यक्ष भुमिसरा धिताल, जसपा अध्यक्षका उम्मेदबार राजिब बर्मा, जनमतका तर्फबाट अध्यक्षका उम्मेदबार बिष्णु यादबलाई सुझाव पत्र प्रदान गरिएको थियो ।


कार्यक्रममा बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, निर्वतमान अध्यक्ष रमेश सिटौला, निमित्त कार्यकारी निर्देशक हेमराज भट्ट, केन्द्रीय सदस्य तपेन्द्र बहादुर मलाती, कार्यक्रम संयोजक शोभा थापा मगर, लेखा अधिकृत राष्टि बुढा मगर, कार्यक्रम अधिकृत शर्मिला थापा, प्रशासन सहायक श्रुती चौधरी, बास जानकी उपशाखाका पदाधिकारीहरु लगायत २० बढीको सहभागिता रहेको थियो ।

  • १४ बैशाख २०७९, बुधबार प्रकाशित

  • Nabintech