जोखममा रहेका बालबालिकाको संरक्षण गर्ने प्रतिबद्धता

असल शासन प्रतिनिधि

जोखिममा रहेका बालबालिका तथा किशोरीहरु र सरोकारवाला विच कार्यशाला बिहिबार कालिकोटको खाँडाचक्र नगरपालिकामा सम्पन्न भएको छ ।
युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालित बाल संरक्षण कार्यक्रम अन्तर्गत सञ्चालन भएको रुपान्तरण कक्षामा सहभागि भएका १०० जना बालबालिका तथा किशोरीहरु मध्येबाट छनौट भएका बालबालिका तथा किशोरीहरुलाई सामाजिक सुरक्षा प्रर्णालीमा जोड्ने उद्देश्यले उक्त कार्यसाला आयोजना गरिएको हो ।
युनिसेफ नेपालको सहयोग खाँडाचक्र नगरपालिकाको सहकार्य र बास नेपालको आयोजनामा सम्पन्न भएको कार्यसालामा ५ बुदे प्रतिबद्धताको घोषर्णा गरिएको छ । घोषणा गरिएको प्रतिबद्धताहरुमा खाँडाचक्र नगरपालिकामा रहेको बिपन्न तथा जोखिममा रहेका बालबालिकाको तथ्याँक संकलन तथा अध्यावधिक गर्ने, बिभिन्न कारणले बिद्यालय छोडेका र पुन विद्यालय भर्ना हुन चाहाने बालबालिका र किशोरीलाई विद्यालय भर्ना गर्ने र विद्यालय भर्ना हुन नचाहाने किशोरीलाई सिपमुलक तालिम सञ्चालन गर्ने, पालिकाको योजना तर्जुमा गर्दा बालबालिका र किशोर, किशोरीलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रम तथा नीति बनाउने, जोखिममा रहेका बालबालिकाका आधारभुत आवश्यक्ता पुरा गर्न बाल संरक्षण कोष स्थापन गर्ने लगायत रहेका छन् ।


कार्यक्रममा खाँडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अबिराज शाहीले पालिकाले आगामी नीति तथा कार्यक्रममा जोखमिमा रहेका बालबालिकाको संरक्षण गर्ने विषयलाई समावेश गर्ने बताए । नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख रिता पाण्डेले शाखाले यस्ता किसिमका बालबालिकाको आवश्यक्तालाइ मध्येनजर गरी कार्यक्रम तय गर्ने प्रतिबद्धता ब्यक्त गरिन । बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा बासका स्रोतब्यक्ति मन भण्डारीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा युनिसेफको वास कार्यक्रमका संयोजक गणेश बहादुर रावल, रुपानतरण कक्षाका सहजकर्ता भरत पाण्डे, बास कालिकोट शाखाका अध्यक्ष कपुरे बिक, सामाजिक परिचालक रमेश सुनार लगायत २० जनाको सहभागिता थियो ।

  • १५ बैशाख २०७९, बिहीबार प्रकाशित

  • Nabintech