स्वतन्त्र पत्रकार शाह सहित ६ जना सम्मानीत हुदै

असल शासन प्रतिनिधि

नेपालगन्ज / स्वतन्त्र पत्रकार संघ बााँकेका अध्यक्ष नमस्कार शाह स्वतन्त्र पत्रकारको रुपमा सम्मानीत हुने भएका छन् ।
स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय समितिद्वारा छ जना पत्रकारहरूलाई एक साथ पुरस्कृत गर्ने घोषणा सँगै शाह छनौटमा पर्न सफल भएका हुन् ।
स्वतन्त्र पत्रकार संघले दिएको जानकारी अनुसार सामाजिक पत्रकारिता पुरस्कार ७७ पोखराका भूपनिधि तिवारी र बिराटनगरका मोहन भण्डारलाई प्रदान गरिने भएको
छ । उक्त पुरस्कारको राशि २५ हजार नगद, दोसल्ला र सम्मानपत्र रहेको छ । उक्त पुरस्कारका लागि पोखराका समाजसेवी एवम् प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यले पाँच लाखको अक्षयकोष स्थापना गरेको सोही मार्फत सम्मान गरिनलागेको बताईएको छ ।


यसैगरी चन्द्रकान्त पौडेल उर्फ गोरखापत्र बाजे स्मृति क्रियाशील पत्रकारिता पुरस्कार २०७७ बाँकेका नमस्कार शाह र झापाका नरेन्द्र ढकाललाई प्रदान गर्ने निर्णय गरेको
छ । उक्त पुरस्कारको राशी ११ हजार नगद, दोसल्ला र सम्मानपत्र रहेको छ ।
स्वतन्त्र पत्रकार महिला सम्मान २०७७ र २०७८ क्रमशः नवलपुरका सविता तिवारी र दांगका डिला कुमारी चौधरीलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशी ११ हजार नगद, दोसल्ला र सम्मानपत्र रहेको छ । यसरि घोषणा गरिएको पुरस्कार स्वतन्त्र पत्रकार संघ नेपालको जेठमा हुने राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा वितरण गरिने पुरस्कार छनौट समितिको बैठकका राष्ट्रिय सल्लाहकार नवराज पहाडीले बताए । संघको पुरस्कार छनौट समितिले बैशाख १७ गते सम्मानीत हुने पत्रकारहरुको छनौट गरेको हो।

  • १९ बैशाख २०७९, सोमबार प्रकाशित

  • Nabintech