नागरिक माझ उम्मेदवार

असल शासन प्रतिनिधि

बाँके/बाँकेका तीन वटा पालिकामा नागरिक माझ उम्मेदवार बिषयक सडक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ ।

बास नेपाल, डेक नेपाल र एकाउण्टबिलिटि ल्यावको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

सोमवार नेपालगञ्ज उपमहानगरपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न भएको थियो भने मंगलवार कोहलपुर नगरपालिका र जानकि गाउँपालिकामा सुनुवाइ सम्पन्न भएको हो ।

नेपालगञ्जको त्रिभुवनचौकमा सम्पन्न सडक सार्वजनिक सुनुवाईमा ६ बुँदे प्रतिबद्धता व्यक्त गरिएको थियो । व्यक्त गरिएका प्रतिबद्धताहरुमा निर्वाचन आचार संहिता पालना गर्ने, उपमहानगरपालिका भित्र रहेका अपाँगता भएका व्यक्तिहरुको हक अधिकार सुनिश्चित गर्ने, नीति निर्माण गरि निर्णायक तहमा अपाँगता भएका व्यक्तिहरुको पहुँच स्थापित गर्ने, रोजगारीको अभावमा थुप्रै युवाहरु बैदेशिक रोजगारमा जाने समस्यालाई समाधान गर्ने, स्वरोजगार बातावरण सृजना गर्ने, नेपालगञ्ज उपमहानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने, निर्वाचित भईसके पश्चात पर्यटन, युवा स्वरोजगार, शिक्षा, स्वास्थ्य लगायतका बिषयहरुमा ध्यान केन्द्रित गर्ने, निर्वाचनमा गरिएका प्रतिबद्धता पुरा भए, नभएको बारे बार्षिक समिक्षा गरि प्रगति सार्वजनिकरण गर्ने रहेका छन् ।

सार्वजनिक सुनुवाईमा गठबन्धन तर्फबाट उपमहानगर प्रमुख पदका उम्मेदवार प्रशान्त बिष्ट, उपप्रमुख पदका उम्मेदवार कमरुद्धिन राई, राप्रपाका तर्फबाट प्रमुख पदका उम्मेदवार नन्दलाल बैश्य, उपप्रमुख पदका उम्मेदवार बिन्दु चर्ति मगर, राप्रपा नेपालका तर्फबाट प्रमुख पदका उम्मेदवार अभय कुमार बस्नेत, स्वतन्त्र तर्फबाट प्रमुख पदका उम्मेदवार दिनेश थापा, नेकपा माओवादी केन्द्रका तर्फबाट वडा नम्वर ८ का अध्यक्ष पदका उम्मेदवार रिजवान अहमद साह, नेकपा एमालेका तर्फबाट वडा नम्वर ८ का अध्यक्ष पदका उम्मेदवार स्वामी दयाल गुप्तासँग स्थानीयहरुले साक्षात्कार गरेका थिए । बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा स्वागत बासका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले गरेका थिए । मंगलवार कोहलपुरको चौराहमा सम्पन्न सडक सार्वजनिक सुनुवाईमा ६ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ । व्यक्त प्रतिबद्धताहरुमा निर्वाचन आचार संहिता पालना गर्ने, निर्वाचित भईसके पश्चात कोहलपुर नगरपालिकालाई अपाँगता मैत्री बनाउने, सर्बसुलभ शिक्षा, मण्टेश्वरी शिक्षाको समग्र बिकासका लागि पहल गर्ने, परम्परागत रुढिवादी संस्कारको निरारकरणका लागि पहल गर्ने, कोहलपुर नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने, कोहलपुर नगरपालिकालाई लैंगिक मैत्री बनाउने रहेका छन् ।

कार्यक्रममा गठबन्धन तर्फबाट प्रमुख पदका उम्मेदवार पूर्ण प्रसाद आचार्य, उपप्रमुख पदका उम्मेदवार संगिता सुवेदी, राप्रपाका तर्फबाट प्रमुख पदका उम्मेदवार प्रदिप कुमार शाह, उपप्रमुख पदका उम्मेदवार साबित्रि भुसाल घिमिरे, राप्रपा नेपालका तर्फबाट उपप्रमुख पदका उम्मेदवार कपिल शाह लगायतको उपस्थिती रहेको थियो । उपस्थित उम्मेदवारसँग स्थानीयहरुले बिभिन्न प्रश्न गरेका थिए । बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा डेकका टेकराज जैशीले स्वागत गरेका थिए ।

यसैगरि जानकी गाउँपालिकाको खजुराखुद्र्धमा सम्पन्न सार्वजनिक सुनुवाईमा ६ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ । व्यक्त गरिएका प्रतिबद्धतामा गाउँपालिका भित्रका सडकको स्तरोन्नतति गर्ने, पालिकालाई धुलोमुक्त बनाउने, शिक्षा, स्वास्थ्य र कृषिमा सहज पहुँच स्थापित गर्ने, युवा, महिला र सिमान्तकृत बर्गको आर्थिक सशक्तिकरण गर्ने, लागु औषध दुर्ब्यसन बिरुद्ध बिशेष कार्यक्रम सञ्चालन गर्ने, खेलकुदको हव बनाउने, पालिकालाई भ्रष्टाचारमुक्त बनाउने, गाउँपालिकालाई अपाँगतामैत्री बनाउने रहेका छन् ।

बासका निर्देशक हेमराज भट्टले सहजिकरण गरेको कार्यक्रममा बासका उपाध्यक्ष शिब कुमार बर्माले स्वागत गरेका थिए । कार्यक्रममा एमालेका तर्फबाट उपाध्यक्ष पदकी उम्मेदवार भुमिसरा धिताल, राप्रपाका अध्यक्ष पदका उम्मेदवार श्याम थापा, जनमत पार्टीका तर्फबाट अध्यक्ष पदका उम्मेदवार बिष्णु यादव, एमालेका तर्फबाट वडानम्वर ४ का अध्यक्ष पदका उम्मेदवार बिश्राम बर्मा, राप्रपाका तर्फबाट वडानम्वर ४ का अध्यक्ष होम बहादुर थापा लगायतसँग स्थानीयहरुले प्रश्न गरेका थिए ।

  • २० बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech