पाँच स्थानमा मतदाता शिक्षा

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बास नेपालले स्थानीय निर्वाचन २०२२ का लागि महिला तथा सिमान्तकृत समूहका सम्भावित नेताहरूको क्षमता बिकास र सशक्तिकरण अभियान सञ्चालन गरेको छ ।

लुम्बिनी, सुदुर र कर्णाली प्रदेशका बिभिन्न जिल्लाहरुमा बास नेपालले युएनडिपि, ईएसपि र युएन वमेनको सहयोगमा बास नेपालले सञ्चालन गरेको सो अभियान अन्तर्गत बैशाख २२ गते बिभिन्न ५ स्थानहरुमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

बास नेपालले बर्दियाको गुलरिया, नवलपरासीको रामग्राम, रुकुम पश्चिमको चौरजहारी, सल्यानको छत्रेश्वरी, कञ्चनपुरको भिमदत्त नगरपालिकामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।

मतदाता शिक्षामा बासका सहजकर्ता र स्वयंसेवकहरुले मतदाता शिक्षा, लैंगिक समता तथा सशक्तिकरण बारे प्रशिक्षण दिएका थिए ।

बर्दियाको गुलरियामा सम्पन्न कार्यक्रममा बासका उपाध्यक्ष शिब कुमार बर्मा, नवलपरासीको रामग्राममा बासकी अध्यक्ष लुना बुढाथोकी, कोषाध्यक्ष कल्पना अधिकारी, रुकुम पश्चिमको चौरजहारीमा बासकी जनसम्पर्क अधिकृत मुना बिष्ट, कार्यक्रम सहायक श्रुती चौधरी, सल्यानको छत्रेश्वरीमा बास नेपालकी केन्द्रीय सदस्य मेघा रेउले, कञ्चनपुरको भिमदत्त नगरपालिकामा बास कञ्चनपुर शाखाका अध्यक्ष पुष्करराज पन्त र सक्रिय सदस्य गिता बुढाले सहजिकरण गरेका थिए ।

मतदाता शिक्षाको अन्तमा नुमना मतदान पनि गरिएको थियो ।

  • २२ बैशाख २०७९, बिहीबार प्रकाशित

  • Nabintech