निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहीत बनाउने प्रतिबद्धता

असल शासन प्रतिनिधि

स्थानीय तह निर्वाचनमा महिला, दलित तथा सिमान्तकृत समुदायको सहभागिता बिषयक प्रदेश स्तरीय सार्वजनिक सम्वाद कार्यक्रम बुधबार नेपालगन्जमा सम्पन्न भएको छ ।
युएनडिपि, ईएसपि र युएन वमेनको सहयोगमा बास नेपालको आयोजनामा भएको उक्त सम्बाद कार्यक्रममा पिछडीएका समुदायको सहभागिता सुनिश्चित गर्न प्रशासन, सम्बन्धित सरोकारवाला निकाय र सबै राजनितिक दलहरु जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको छ । निर्वाचनमा पिछडीएका बर्गहरुलाई भोट बैंकको रुपमा प्रयोग गर्ने गरेको भन्दै त्यस्तो हुन नदिनखवरदारी आवश्यक रहेको बताएकाथिए ।
सम्बाद कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य माननीय आईपी खरेलले संविधान र ऐनको परिधिभित्र रहेर सबै राजनितिक दलहरुले आफ्ना गतिविधिहरु सञ्चालन गर्नुपर्ने बताए । उनले निर्वाचनमा उम्मेदवारको पृष्ठभूमी हेरेर मात्रै मताधिकारको प्रयोग गर्न आमनागरिकलाई अपिल गरेका छन् ।


यसैगरी कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भय रहीतबनाउन योजनाबद्ध रुपमा प्रशासन लागेको बताए । निर्वाचन आचारसहिताको पूर्ण पालना गराउन नियमित रुपमा सबै पक्षसँग समन्वयात्मक रुपमा छलफल तथा बैठकहरु भईरहेको उनको भनाई थियो । जो कोहीले पनि दवाव र प्रभावमा नपर्न अपिल गर्दै प्रजि अखत्रीले कहीकतैबाट त्यस्तो भएमा तत्काल कानुनी कार्वाही गर्ने प्रतिबद्धता गरे ।
यसैगरी कार्यक्रममा बोल्दै राष्टिय मानव अधिकार आयोगका प्रमुख झंकर रावलले शान्त र भयरहित निर्वाचनका लागि सबैको भूमिका महत्वपूर्ण रहने भन्दै आम नागरिकहरुले भयरहित वातावरणमा मतदानमा भागलिने गरी वातावरण सिर्जना गर्नुपर्ने बताए । सम्बादमा जसपा प्रदेश सभा सदस्य अम्बीका काफ्ले, नेकपा एमाले जिल्ला सदस्य सुमन गिरी, राप्रपाका कमल बिके, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिब चिरन्जीबीवली, अधिबक्ता लोक बहादुर शाह लगायतले बोलेका थिए ।


सम्बाद कार्यक्रम अन्तरगत छलफलको क्रममा निर्वाचन आचार संहिता पूर्ण रुपमा पालना गर्ने र गराउने, अपांगता भएका ब्यक्तिहरुका लागि निर्वाचन केन्द्र सम्म यातायातको सहजपहँुच र अपांगता मैत्री केन्द्र बनाउने तर्फ ध्यान दिनुपर्ने, महिला तथा सिमान्तकृत बर्गको सहभागिताका लागि सबैले भूमिका निर्वाह गर्नुपर्ने, शान्तिपूर्ण रुपमा मताधिकारको प्रयोग गर्ने वातारणको सिर्जना गर्नुपर्ने लगायतबिषयमा सहभागिहरुले सरोकारवालाहरुलाई प्रश्न र जिज्ञासा राखेका थिए ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको सम्बाद कार्यक्रममा निर्वाचनमा महिला, दलित र सिमान्तकृत समुदायको अवस्था र सहभागिताका बिषयमा प्राध्यापन रुद्र प्रसाद तिमिल्सिनाले प्रश्तुतीकरण गरेका थिए । बासका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले स्वागत गरेको सम्बाद कार्यक्रममा राजनितिक दल, सरकारी कर्मचारी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योग बाणिज्य सँघ, सिमान्तकृत तथादलित समुदायका महिलाहरु, पत्रकार लगायत गरी ६० बढीको सहभागिता रहेको थियो ।

  • २३ बैशाख २०७९, शुक्रबार प्रकाशित

  • Nabintech