नियोक पर्यबेक्षकहरुलाई अभिमुखिकरण

असल शासन प्रतिनिधि

नेपालगन्ज / राष्टिय निर्वाचन पर्यबेक्षण समिति (नियोक) बाँकेले पर्यबेक्षकहरुका लागि अभिमुखिकरण गरेको छ ।


स्थानीय तह निर्वाचन २०७९ का लागि बाँके जिल्लामा खटिने पर्यबेक्षकहरुका लागि एक दिने अभिमुखिकरण गरिएको हो । शुक्रबार नेपालगन्जमा आयोजित अभिमुखिकरण कार्यक्रममा बाँके जिल्लामा खटिएका १२ जना पर्यबेक्षकहरुलाई पर्यबेक्षण के हो, निर्वाचन आचार संहिता, पर्यबेक्षकका काम कर्तब्य र अधिकार, निर्वाचन लक्षित कल सेन्टर बारे जानकारी, रिपोटींग प्रक्रिया लगायतका बिषयमा नियोक बाँकेका अध्यक्ष नमस्कार शाहले अभिमुखिकरण गरेका थिए । किार्यक्रमको सञ्चालन नयोक बाँकेका सचिब हेमराज भट्टले गरेका थिए ।

  • २४ बैशाख २०७९, शनिबार प्रकाशित

  • Nabintech