निर्विवाद वडा अध्यक्ष बिद्याराम बर्मा

असल शासन प्रतिनिधि

नेपालगन्ज / संघियताको पहिलो कार्यकाल निर्विवाद जनप्रतिनिधिहरु निकै कम छन् जसमध्ये नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष बिद्याराम बर्मा एक हुन् ।
वडा अध्यक्ष भएर जिम्मेवारी सम्हाले पछि बर्माले वडाबासि, जनप्रतिनिधि र कर्मचारीको मन जितेर निरन्तर वडाको समग्र विकासमा लागि परे । उनको पाँच बर्षे कार्यकालमा वडामा कुनै पनि विवाद सार्वजनिक भएको पाईदैन । सबै वडाबासिहरुको दुःख, सुखमा सहभागि हुने, वडाको विकासका लागि निरन्तर काम गर्ने, वडाको हरेक टोल टोलमा गएर वडा बासिहरुका समस्या बुझ्ने र त्यसको यथासक्य समाधानको पहल गर्ने, सबैसँग मिठो बोल्ने र सरल स्वभावका कारण नै उनले लोकप्रिय जनप्रतिनिधिको रुपमा आफ्नो छबी स्थापीत गर्न सफल भएका छन् ।
जनप्रतिनिधिहरु भ्रष्टाचारमा लिप्त भएका कयौ उदाहरणहरुका बिच अध्यक्ष बर्माको कार्यकालमा वडा नम्बर २२ मा कुनै पनि भ्रष्टाचार सम्बन्धी मुद्धा परेको पाईदैन । भ्रष्टाचारको उजुरी वा गुनासो नआउनुले पारदर्शिता र सुशासनलाई प्राथमिकिकरणका साथ लिएको देखिन्छ ।
पहिलो कार्यकालमा जनप्रतिनिधिको रुपमा जिम्मेवारी सम्हालेका जनप्रतिनिधिहरु मध्ये जनचाहना अनुरुप लोकप्रियता हासिल गरेकालाई सम्बन्धीत पार्टिहरुले पुनः दोश्रो पटक टिकट दिएको छ । स्थानिय तह निर्वाचन २०७९ मा बिद्याराम बर्माले पुनः निर्विवाद रुपमा वडा अध्यक्षको टिकट पाएर चुनावमा होमीएका छन् । पहिलो कार्यकालमा वडाको विकासमा पूर्वाधार विकाससँगै, सुशासन र सामाजिक विकासमा जोड दिएको बताउने बर्माले दोश्रो कार्यकालमा पहिलो कार्यकालमा पुरा गर्न नसकेका कामहरु पुरा गर्ने र वडामा रहेको कान्ति ताल, बाबाकुटी मन्दिर लगायतका स्थलहरुलाई पर्यटकिय स्थलको रुपमा विकसित गर्ने तर्फ लाग्ने प्रतिबद्धता लिएका छन् । वडा बासिहरुको हरेक समस्यामा दिनरात कटिबद्ध भएर लागेका बर्माको पुनः उम्मेदावरीले वडा बासिहरु खुसी देखिन्छन् ।

  • २५ बैशाख २०७९, आईतवार प्रकाशित

  • Nabintech