महिला सहभागिता कमजोर अवस्थामा

असल शासन प्रतिनिधि

रुपन्देही / स्थानीय तह निर्वाचनमा महिला सहभागिता राजनितिक दलहरुको मौखिक मुद्धा मात्रै बनेको शिद्धार्थनगर नगरपालिका मेयर पदका उम्मेदबार ईसा खड्काले गुनासो गरेकी छिन् ।
स्थानीय तह निर्वाचनमा महिला, दलित तथा सिमान्तकृत समुदायको सहभागिता बिषयक लुम्बिनीको भैरहवामा सम्पन्न प्रदेश स्तरीय सार्वजनिक सम्वाद कार्यक्रम उनले यस्तो गुनासो गरेकी हुन् । कार्यक्रममा बोल्दै महिला सहभागिताका नाममा कुरा मात्रै गर्ने तर सम्मानजनक सहभागिता नगर्ने गरेका कारण महिलाहरु पछाडी परेको उनको भनाई थियो ।


यसैगरी कार्यक्रममा बोल्दै शिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडा सदस्यका उम्मेदबार शुष्मा प्रधानले निर्वाचनमा महिला सदस्यहरुको सहभागिता राजनितिक दलहरुको नारामा मात्रै सिमित रहेको गुनसो गरिन् । रजनितिक दलहरुले स्थानीय तह निर्वाचन २०७९ मा गठबन्धनको नाममा महिला प्रतिनिधित्वलाई बेवास्था गरेको प्रतिक्रिया दिएका थिए ।
युएनडिपि, ईएसपि र युएन वमेनको सहयोगमा बास नेपालको आयोजनामा भएको उक्त सम्बाद कार्यक्रममा पिछडीएका समुदायको सहभागिता सुनिश्चित गर्न प्रशासन, सम्बन्धित सरोकारवाला निकाय र सबै राजनितिक दलहरु जिम्मेवार हुनुपर्ने बताईएको थियो ।


सम्वाद कार्यक्रममा निर्वाचन कार्यालयका सहायक अधिकृत टेकराज पन्थीले निर्वाचन आचारसंहिता, मतदाता शिक्षा, मतदान कसरी गर्ने लगायतका बिषयमा प्रस्तुतीकरण गरेका थिए । यसैगरी लैंगिकताका विभिन्न बिषयमा बासका सहजकतौ कल्पना अधिकारीले सहजिकरण गरेकी थिईन् ।
बास रुपन्देही शाखाका अध्यक्ष किशन कडेलले सञ्चालन गरेको सम्वाद कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले गरेका थिए । कार्यक्रम पश्चात सहभागिहरुले नमुना मतदान गरेका थिए । अभिमुखिकरण पश्चात गरिएको नमुना मतदान पछिको मतगणनामा ९९.९ प्रतिशत मत सदर भएको सहजकर्ता कल्पना अधिकारीले बताईन् ।
बासले कार्यक्रम अन्तरगत कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा ६ ओटा प्रदेश स्तरीय कार्यक्रम र २१ ओटा समुदाय स्तरीय मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

  • २५ बैशाख २०७९, आईतवार प्रकाशित

  • Nabintech