एकाबिहानै मृत अवस्थामा भेटिइन् सञ्जु

असल शासन प्रतिनिधि

नेपालगन्ज/ एसियन खेलका लागि छनोटमा परेकी भारोत्तोलन खेलाडी सन्जु चौधरीको मत्यु भएको छ । भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको काठमाण्डौ स्थित घरमा बस्दै आएकी सन्जु झुन्डिएको अवस्थामा कोठामा फेला परेको प्रहरीले जनाइएको छ ।

सोमबार राती अवेरसम्म प्रशिक्षक महर्जनको घरमा भएको भोजमा सहभागी भएकी सन्जुलाई मंगरवार बिहान साढे ५ बजेतिर कोठाभित्र ढोकामा चुकुल लगाएकै अवस्थामा झुन्डिएको अवस्थामा देखिएको जनाइएको छ ।
ढोका पनि लगाएको र झ्यालमा ग्रील पनि रहेको हुनाले सञ्जुले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । १९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा सामेल हुन सन्जु काठमाडौं गएकी थिइन् । उनी एसियन खेलका लागि प्रारम्भिक छनोटमा परेकी थिइन् ।
बाँके घर भएकी सन्जुले १३ औं सागमा महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न जितेकी थिइन् ।

  • २७ बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech