बाँकेका १४ वडासहित नेपालगन्जका ४ वडाको मतपरिणाम सार्वजनिक

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेको ८१ वडामध्ये १४ वडासहित नेपालगन्ज उपमहानगरपालिको ४ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । वडा नम्बर १, वडा नम्बर २, वडा नम्बर २२ र वडा नम्बर २३ को मत परिणाम सार्वजनिक भएको हो ।

सार्वजनिक मतपरिणाम अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका प्रमोद रिजाल निर्वाचित भएका छन् । नेपालगन्ज वडा नम्बर २ मा राप्रपाका मनोज श्रेष्ठ, नेपालगन्ज २२ मा जनता समाजवादी पार्टी (जसपा)का अब्दुल गफ्फार हलवाई, नेपालगन्ज २३ मा नेपाली कांग्रेसका जबर अलि बेहना निर्वाचित भएका छन् ।

मत परिणाम अनुसार नेकपा एमालेले ५, नेपाली कांग्रेसले ४, जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले २/२ र राप्रपाले १ वटा वडामा कब्जा जमाएको छ ।

मतपरिणाम अनुसार जानकी गाउँपालिका वडा नम्बर १ मा जसपाका मोहम्मद रजा राई, राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ मा एमालेका यमबहादुर खड्का, राप्ती सोनारी २ मा एमालेका ज्ञानेन्द्रराज ओली, राप्ती सोनारी ३ मा एमालेका मीनकुमार थारु निर्वाचित भएका छन् ।

यसैगरी कोहलपुर नगरपालिका वडा नम्बर १ मा नेकपा (माओवादी केन्द्र) का बद्रीप्रसाद जैसी, कोहलपुर १५ मा नेपाली कांग्रेसका दिपेन्द्रकुमार थारु वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै खुजुरा गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका मनबीर खत्री, खजुरा २ मा नेकपा (माओवादी केन्द्र) का धनीराम ओली, डुडुवा गाउँपालिका वडा नम्बर १ मा कांग्रेसका पटेश्वरी कुर्मी र बैजनाथ गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका रुपबहादुर मल्ल निर्वाचित भएका छन् ।

  • १ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech