क्याप्टेन विजय लामालाई पितृशोक 

असल शासन प्रतिनिधि

नेपालगन्ज/ क्याप्टेनर एवम् नायक विजय लामालाई पितृशोक परेको छ । विजयका पिता फिल्मा निर्माता एवम् निर्देशक हेमबहादुर लामाको ९५ वर्षको उमेरमा आइतबार काठमाडौँमा निधन भएको छ । सामाजिक सञ्जालमा मार्फत क्याप्टेन लामाले पिताको निधनको खबर पुष्टि गरेका छन् । जेठ २ गते अन्तिम श्रद्धाञ्जली दिएर बुद्ध धर्मको नियम अनुसार स्वयम्भुमा अन्त्येष्टि गरिने विजयले जानकारी दिएका छन् । स्वर्गीय लामा टेनिसका खेलाडी पनि हुन ।

लामाले पिताको निधनमा भावुक हुँदै यस्तो भावना प्रस्तुत गरेका छन्,

अत्यन्तै दु:खका साथ मेरो प्यारो बाउले सधैको लागि हामी सबैलाई छोडेर जानू भएको अवगत गराउन चाहन्छु यो स्टेटस मार्फत। करिब दुइ हप्ता देखि स्वास्थ्यमा कठिनाई आएकोले उहा “मनमोहन अस्पतालमा ccu मा हुनुहुन्थ्यो र आज दिउसो १:१५ बजे मेरो हातमा उहाले अन्तिम सास लिनु भयो l मेरो आमा पनि यसै गरि मेरो हातमा अन्तिम सास लिनुभएको थियो 1997 सेप्टेम्बरमा!!

मेरो जन्म दिने आमा बाबुको अन्तिम घडीमा म उहाहरु संगै भएकोमा आफुलाई भाग्यसाली ठान्दछु l तर के गर्नु आखिर मन त होनि! भक्कानिएर रुनु मात्र खोज्छ जति रोक्न कोसिस गरे पनि ! उहाँ भेट्नुहुने सबैका लागि मित्र हुनुहुन्थ्यो र उहाँलाई चिन्ने सबैको लागि शक्तिको स्रोत हुनुहुन्थ्यो।

हामी भोलि बुद्ध जयन्तिको दिन (11 a.m till 2 p.m) मा बालुवाटार आफ्नै निवासमा उहाको अन्तिम बिधाई गर्न गईरहेका छौ ! बुद्ध धर्मको नियम अनुसार हामी उहाको पार्थिब सरीरलाई भोलि २ बजे स्वोयम्बुनाथ घाटमा दाहसंस्कार गर्नका लागि लग्नेछौ । कृपया अन्तिम श्रद्धान्जली दिन चाहने हरु बालुवाटार निवासमा आउन सक्नु हुनेछ l

“बाउ तिमि बिना मलाई बस्ने बानि छैन , तिम्रो यादले निक्कै सताउने छ , तर मलाई विश्वास छ तिमि जहाँ छौ खुसि छौ, तिम्रो खुसि नै मेरो खुसि हुनेछ l” अब म तिमिलाइ कल्पनामा मात्र जिस्काउछु है? सायद झस्किन्छु होला तिमिलाइ नपाउदा! ए बाउ किन??? आखिर हार भयो नि मेरो???

  • २ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech