विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

असल शासन प्रतिनिधि

नेपालगन्ज /दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ ग्यानीमा आज बिहान साढे ९ बजे माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस सडकबाट करिव ५ मिटर तल रोल खोलामा खस्दा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

चालकसमेत रहेका शैल्यशिखर नगरपालिका ६ का प्रकाश धामी र सोही ठाउँका सहचालक समेत रहेका नविन सिंह धामीको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार अर्का एक जना मृतकको परिचय खुल्न सकेको छैन ।

माइक्रो बस गोकुलेश्वरबाट नेकपा एमालेको विजयी जुलुसमा सहभागी हुनेहरुलाई लिनका लागि ग्यानी गएको थियो ।

  • २ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech